logo

तुलसीपुर उपमहानगरपालिकाको बजेट १ अर्ब १८ करोड

    1806   पटक पढिएको

१३ भदौ / अर्थ र व्यापार – तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । 

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेकी छन् ।

उपमहानगरपालिकाले प्रत्येक वडामा रु एक करोड, बाढी प्रभावित क्षेत्रमा रु तीन करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि रु १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई रु १० लाख अनुदान, बसपार्कलाई यो आवभित्र सञ्चालन गर्न रु नौ करोड बजेट विनियोजन गरिएको छ ।

गत आवमा भन्दा यो वर्षको बजेट चारगुणा बढी रहेको छ । प्रशासनिक खर्च २५ प्रतिशतभन्दा बढी राख्न सकिने प्रावधान भएपनि १० प्रतिशतभन्दा कम रहेकाले विकासतर्फ धेरै बजेट परेको छ ।

विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।