logo

ऊर्जा संकट टार्न विद्युतमा लगानी बढाउँदै एसियाली मुलुकहरु

    1114   पटक पढिएको

२१ भदौ/अर्थ र व्यापार – ऊर्जा आयात खतरामा पार्ने भूराजनीतिक र आपूर्ति श्रृंखला अवरोधबीच विश्वले ‘नेट जिरो उत्सर्जन’ लक्ष्य पूरा गर्ने प्रयास गरिरहेका बेला उदीयमान बजारहरूले उनीहरूको ऊर्जा संकट सहज बनाउन जलाशय जलविद्युतमा लगानी बढाउन थालेका छन् ।
विश्वको सबैभन्दा ठूलो कम लागतमा बिजुली स्रोतप्रति प्रतिबद्धताको पछिल्लो संकेतस्वरूप भारतको एनएचपिसी लिमिटेडले नेपालको पश्चिम सेती र सेती नदी जलविद्युत आयोजना विकास गर्न सन् २०२२ अगस्टमा २ अर्ब ४० करोड अमेरिकी डलर लगानीको प्रतिवद्धता गरेको छ ।
जसको संयुक्त क्षमता १.२ गिगावाट छ । दुई चिनियाँ कम्पनीले परियोजनामा लगानी गर्न समझदारीपत्रमा हस्ताक्षर गरे पनि २०१८ मा उनीहरू प्रतिबद्धताबाट पछि हटेका थिए ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार उदीयमान अर्थतन्त्रले जलविद्युत उत्पादन गर्ने आफ्नो क्षमताको ४० प्रतिशतमात्र प्रयोग गरेका छन् ।
नयाँ प्रविधि र साना ठूला परियोजना प्रयोग गरेर उदीयमान बजारले कोइला वा प्राकृतिक ग्यास आयात घटाउन र सीमापार व्यापारमार्फत आन्तरिक वा क्षेत्रीयस्तरमा थप ऊर्जा आपूर्ति गर्न जलविद्युतमा नयाँ गति सिर्जना गरिरहेका छन् ।
सन् २०२१ मा जलविद्युत क्षमता लगभग १ हजार ३ सय ६० गिगावाट थियो । यो भनेको विश्वव्यापी प्रयोग हुने ऊर्जामा बिजुली योगदान १६ प्रतिशतमात्र हो । जलविद्युतबाट हावाको दाँजोमा दुई गुणा र सौर्य प्रविधिभन्दा चार गुणा बढी बिजुली उत्पादन हुने गर्छ ।
आईईएले चीन, ल्याटिन अमेरिका र युरोपमा जलविद्युत क्षमतामा गिरावट आउने प्रक्षेपण गरेको छ । ती क्षेत्र जसले लामो समयदेखि ठुल्ठूला जलाशय परियोजनामार्फत यस क्षेत्रलाई शक्ति प्रदान गरेका छन् । तर, एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वमा नयाँ परियोजनाले १७ प्रतिशत इन्धन आपूर्ति गर्ने परियोजना पनि छन् ।
अन्तर्राष्ट्रिय जलविद्युत संघद्वारा प्रकाशित ‘२०२२ हाइड्रोपावर स्टेटस रिपोर्ट’ अनुसार नयाँ जलविद्युत क्षमताको ७५ प्रतिशत एसिया र अफ्रिकाका ठूला परियोजनाबाट आउने अपेक्षा छ ।
२०२१ मा भारतमा ८ सय ३ मेगावाट, नेपालमा ७ सय ४०, लाओस ६ सय, टर्की ५ सय १३, इन्डोनेसिया ४ सय ८१ र भियतनाममा २ सय २२ मेगावाट बिजुली थप भएको थियो ।
समग्रमा, जलविद्युतका लागि नयाँ क्षमता थप्ने काम २०१७ देखि सुस्त भएको छ । विश्वव्यापी नेट जिरो लक्ष्यसँग पंक्तिबद्ध गर्न आवश्यक ४५ गिगावाटको दाँजोमा वार्षिक २२ गिगावाट नयाँ क्षमता थपिएको छ ।
चीनले पछिल्लो दशक जलविद्युत उत्पादनमा प्रभूत्व जमाउँदै आएको छ । उसले २०२१ मा २०.८ गिगावाट नयाँ क्षमता योगदान गरेको छ । यद्यपि, एक महिना लामो तातो खडेरी लहरका कारण चीनले विद्युत ग्रिडमा दबाब कम गर्न आपतकालीन उपाय अवलम्बन गरेको थियो ।
अर्को चिन्ता लगानी हो । हालैका वर्ष धेरै जलविद्युत परियोजनालाई चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई) मार्फत वित्तीय व्यवस्थापन गरिएको छ । तर, विदेशमा राज्यका वित्त परियोजनाका लागि बिआरआई कोष सुस्त हुँदै गएको छ ।२०२१ मा नेपालको स्वदेशी लगानीमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना ग्रिडमा जोडिएको छ ।
२०२२ मा पाकिस्तानमा ७ सय २० मेगावाटको करोट आयोजना पूरा भएको छ । करोट आयोजना चीनको आर्थिक सहयोगमा बनेको हो ।
वातावरणीय विचारले पनि केही देशलाई नयाँ परियोजना सुरु गर्ने कि नगर्ने भन्ने प्रश्न उब्जाएको छ । उदाहरणका लागि, मंगोलियामा चिनियाँ लगानी रहेको ९० मेगावाटको एर्डेनब्युरेन प्लान्टले रामसार सिमसार क्षेत्रलाई क्षति पु¥याउने र आदिवासी समुदायलाई बाधा पु¥याउने मेगा–प्रोजेक्ट सम्भाव्यताबारे विरोधको सामना गरिरहेको छ ।
यी चिन्ताबीच विभिन्न देशले निरन्तर जलविद्युत विकास गर्न लगानीका अन्य बाटा खोजिरहेका छन् । जसको प्रमुख उदाहरण भारत र नेपालबीचको सम्झौता हो ।
भारतले २०२२ जुलाईमा चम्बा जिल्लामा १ सय ८० मेगावाटको बाजोली होली रन अफ रिभर परियोजना सञ्चालनमा ल्याएको थियो । जिई नवीकरणीय उर्जाद्वारा सञ्चालन गरिएको ३ सय ६० मेगावाट युनिटले नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक विद्युतको ९४ प्रतिशत आपूर्तिमा योगदान गर्नेछ । बाँकी ६ प्रतिशत सौर्य प्यानलबाट आउँछ ।
भारत र नेपालबीचका सम्झौताले जलविद्युतमा सीमापार व्यापार बढाउन खोजिरहेका छन् । २०२२ अगस्टमा केन्याले केन्या–इथियोपिया राजमार्ग परियोजनाअन्तर्गत इथियोपियाबाट २ सय मेगावाट बिजुली आयात गर्न सहमति जनायो । भविष्यमा ५ सय केभी इन्टरकनेक्टर लाइनमार्फत पठाइने बिजुली दोब्बर बनाउने योजना एसियाली मुलुकहरुको छ ।
जलविद्युतमा सिमापार व्यापार बढाउने सबैभन्दा महत्वाकांक्षी प्रयास मध्य एसियामा भइरहेको छ । ताजिकिस्तानका लागि इआईएको रोडम्यापका रूपमा बनिरहेको आयोजनालाई अमेरिकन एजेन्सी फर इन्टरनेसनलबाट ३ करोड ९० लाख डलर वार्षिक अनुदान प्रदान गरिएको छ ।
ताजिकिस्तान जलविद्युत क्षमतामा विश्वको आठौं ठूलो हो । विश्व बैंकको आंशिक आर्थिक सहयोगमा जापानको हिटाची इनर्जी र स्पेनको कोब्रा ग्रुपले आयोजनाका लागि ८ सय किलोमिटर कनेक्टर लाइन र दुई उच्च भोल्टेज कन्भर्टर स्टेसन निर्माण गरिरहेका छन् ।
यसैबीच लेसोथो हाइल्यान्ड्स परियोजनाको दोस्रो चरणले दक्षिण अफ्रिकालाई पानी र लेसोथोका लागि ऊर्जा सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । २०२१ मा परियोजनाले अफ्रिकी विकास बैंकबाट ८ करोड ६७ लाख डलर ऋण प्राप्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।