logo

विश्व साईकल यात्री अनिशको समुहले ग¥यो साईकलबाटै बीस देशको भ्रमण

    3537   पटक पढिएको

४ जेष्ठ / अर्थ र व्यापार- विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकल वाट विश्वका बीस वटा मुलुकको भ्रमण गरेको छन । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले “प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस” भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाईल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको साईकलवाट भ्रमण गरेका हुन । 

विश्व साईकल यात्रा वारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साईकल यात्रीका रुपमा आँफु पुग्दाको अनुभवहरु सुनाएका थिए । साईकल यात्राका क्रममा लाओस,ताईवान लगायतका देशको यात्रा रोमाञ्चक रहेको वताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आँफुहरुले साईकल यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनले वताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको वताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागी जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिँदै नेपाल पर्यटन वोर्डले आवश्यक सहयोग गर्ने वताए । साईकल यात्रालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाई थियो । त्यस्तै नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले हाल विश्वका विभिन्न मुलुकमा नेपाली समुदायहरु रहेको र उनीहरु संगको समन्वयमा साईकल भ्रमण गर्न सुझाव दिए । । 

नेपाल उद्योग वाणिज्य महासंघ का कार्यसमिति सदस्य रामशरण थपलियाले साईकल यात्रा मार्फत अनिशको समुहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको वताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिम्खडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का  बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी र नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतले अनिशको समुहले विश्व साईकल यात्रा मार्फत नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको धारणा राख्दै आगामी यात्रालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा गाउँ पर्यटन प्रबद्र्धन मञ्चका अध्यक्ष कमल सापकोटा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व कोषाध्यक्ष लिलाबल्दव दाहाल, युवा पर्यटन व्यवसायि विष्णु पाण्डे, राष्ट्रिय पर्यटन पत्रकार संघका अध्यक्ष शिव अधिकारी लगायत पर्यटन व्यवसायि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।