logo

भिटोफ नेपालको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

    2084   पटक पढिएको

२८ श्रावण / अर्थ र व्यापार- गत श्रावण १५ गते भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा विजयी भएका नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले नवनिर्वाचित अध्यक्ष ध्रुव सिम्खडालाई माला लगाई पदभार हस्तान्तरण गरे ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचन वाट अध्यक्षमा ध्रुव सिंखडा,प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्वितिय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा तथा सदस्यहरुमा राममणी रिजाल, जीवन थपलिया, देवीकृष्ण रोकाया र शान्तकुमार बानियाँ  विजयी भएका थिए ।

पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग पु¥याएकोमा सवैलाई धन्यवाद दिए । उनले नयाँ कार्यसमितिले पुराना कार्यसमितिले अगाडी सारेका राम्रा कामहरुलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु ल्याउने विश्वास व्यक्त गरे । त्यस्तै मञ्चका नवनिर्वाचित अध्यक्ष ध्रुव सिम्खडाले भिटोफ नेपाललाई संघिय संरचना अनुसार सातै प्रदेशमा विस्तार गरिने वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक दिपक महत,ट्रेकिङ एजेन्सिज एशोशयिसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल लगायले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले माला लगाई स्वागत गरेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।