logo

भिटोफ नेपालमा ध्रुव सिंखडा र बासुदेव पाण्डे प्यानलको उम्मेद्वारी

    2505   पटक पढिएको

१० श्रावण / अर्थ र व्यापार- आगामी श्रावण १५ गते हुने गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा मञ्चका पूर्व उपाध्यक्ष ध्रुव सिंखडा र महासचिव वासुदेव पाण्डेको प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । विहिबार सिंखडा र पाण्डे समुहले प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन ।

सिंखडा समुहको प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी, द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी, सहकोषाध्यक्षमा उमेश दनै तथा सदस्यहरुमा राममणि रिजाल, शान्ता कुमार बानियाँ, अनिल सिलवाल, सन्तोष थापा, केदारमणि खनाल रहेका छन् । त्यसैगरी पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देबकोटा तथा सदस्यहरुमा देवीकृष्ण रोकाय, जीवन थपलिया, चोपेन्द्रबहादुर खड्का र दिपक पंगेनी रहेका छन् ।

भिटोफ निर्वाचनमा पनि राजनीतिक समिकरणका आधारमा प्यानल निर्माण भएको छ । सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन, नेपाली काँग्रेस निकट निट र नयाँ शक्ति नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ भने पाण्डे प्यानललाई तत्कालिन नेकपा एमाले निकटको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।