logo

भिटोफ नेपालको उपाध्यक्षमा युवा पर्यटन व्यवसायि गोपाल थापाले उम्मेदवारी दिने

    6795   पटक पढिएको

५ श्रावण / अर्थ र व्यापार- आगामी श्रावण १५ गते हुने ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को निर्वाचनमा युवा पर्यटन व्यवसायी गोपाल थापाले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन । थापा लिफ होलिडेज ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि का प्रबन्ध निर्देशक हुन ।

हाल देश संघियतामा गईसकेको र केन्द्रको अधिकार गाउ–गाउँमा पुगेको अवस्थामा देशका हरेक स्थानिय निकायमा पर्यटकिय गन्तव्य विकासका लागी विशेष पहल गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको थापाले वताए ।“सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएसंगै हाम्रा पर्यटकिय गन्तव्यहरुको विस्तार गर्न आवश्यक छ,त्यसका लागी प्रत्येक स्थानिय निकायहरु संगको समन्वयमा हरेका स्थानिय निकायमा पर्यटकिय गन्तव्य विकासमा जोड दिनेछु”–थापाले भने ।

नेपाल धेरै गाउँ गाउँहरुको देश भएकोले ग्रामीण पर्यटनको विकास अपरिहार्य रहेको थापाले वताए । ग्रामीण पर्यटनको विकासमार्फत रोजगारी वृद्धि र गरिवि निवारण गर्न सकिने थापाको धारणा छ । भिटोफ नेपालले केन्द्र सरकार र स्थानिय निकाय संगको समन्वयमा हरेक स्थानिय निकायमा पर्यटकिय गन्तव्य विस्तार र पर्यटनकै मार्फत मुलुकमा सम्बृद्धि ल्याउन पहल गर्न भिटोफको उपाध्यक्षमा उम्मेदवारी दिन लागेका थापाले वताए ।

विगत १७ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय थापा पदयात्राका क्रममा नेपालका धेरै गाउ–गाउँ र अधिकांश ट्रेकिङ रुटहरु सम्म पुगिसकेका छन । अर्थ र व्यापार संग कुरा गर्दै थापाले आँफुले भिटोफ नेपालका सदस्यहरुसंग यस विषयमा कुरा गरेको र सबैवाट सकारात्मक प्रतिक्रिया पाएको वताए । भिटोफ नेपालको आगमाी नेतृत्व सहमतिमै आओस भन्ने चाहना आफ्नो रहेको भएपनि त्यो परिस्थिति नआए आँफु निर्वाचनमै भएपनि जाने थापाले वताए । थापाले नेपाल, तिब्बत र भारतका विभिन्न स्थानमा ट्रेकिङ र एक्सपीडसन समेत गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।