logo

भिटोफ निर्वाचन:अध्यक्षको प्रत्यासी पाण्डे र सिंखडा दवै समुहको भेटघाट सहितको रात्रिभोज कार्यक्रम

    1978   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १५ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षको प्रत्यासी ध्रुव सिंखडा र वासुदेव पाण्डे दुवै समुहले उम्मेदवार परिचयात्मक तथा भेटघाट सहितको रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । 

पाण्डे समूहको कार्यक्रम आज साँझ ५ बजे ठेमल पक्नाजोलस्थित गोकर्ण हाउस रेस्टुरेन्टमा हुने भएको छ । यस्तै अध्यक्षका प्रत्यासी धुब्र सिंखडा समुहको कार्यक्रम आज साँझ ५ बजे नयाँ बजार धारा गल्लीस्थित मल्टि भेन्यूमा हुने भएको छ ।

दुवै समुहले आ–आफ्नो कार्यक्रममा  सम्पूर्ण भिटोफ सदस्य, पर्यटन व्यवसायी, शुभचिन्तक तथा पत्रकारहरुलाई कार्यक्रममा सहभागिता जनाइदिनु हुनको लागि अनुरोध गरेका छन् ।

सिंखडा र पाण्डे तत्कालिन नेकपा एमाले निकट व्यवसायी हुन् तथापी सिंखडा प्यानललाई तत्कालिन नेकपा एमाले निकटको पर्यटन व्यवसायी संगठन नेपाल, नेपाली काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (नीट) र नयाँ शक्ति नेपाल निकट पर्यटन परिषद नेपाल पक्षधरका व्यवसायीहरुको समर्थन रहेको छ । 

त्यसैगरी पाण्डे समुहलाई तत्कालिन नेकपा एमाले निकटको अर्को संस्था राष्ट्रिय पर्यटन व्यवसायी संगठन र तत्कालिन नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । 

सिंखडा समुहबाट प्रथम उपाध्यक्षमा कृष्ण बहादुर सुवेदी (कुस), द्धितीय उपाध्यक्षमा तारालाल धरेल, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा कुलप्रसाद केसी (केपी) र सहकोषाध्यक्षमा उमेश दनै र सदस्यहरुमा केदारमणि खनाल, राममणि रिजाल, शान्तकुरमा वानियाँ र सन्तोष थापामगर  रहेका छन् ।

त्यसैगरी पाण्डे समुहको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा दिपक खनाल, सचिवमा आशुतोष प्रधान, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटाले उम्मेद्धारी दिएका छन् भने सदस्यमा जीवन थपलिया, चोपेन्द्र बहादुर खड्का, देवीकृष्ण रोकाय र दिपक पंगेनीको उम्मेद्धारी रहेको छ ।

भिटोफ नेपालमा ५७० जना मतदाता रहेका छन् । 
 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।