logo

टर्किस एयरले असोज १५ देखि नेपालमा साताको तीन उडान गर्दै 

केही दिनमा सबै वायुसेवा कम्पनीको नयाँ उडान संख्यासहितको तालिका सार्वजनिक हुने

    2178   पटक पढिएको

 

४ असोज/अर्थ र व्यापार– साताको एउटा मात्र उडान गर्न अनुमति पाएको टर्किस एयरलाइन्सले असोज १५ गतेदेखि साताको तीनवटा नियमित उडान गर्ने भएको छ । 

आधिकारीक रूपमा जुलाईबाट पर्यटनको लागि खुला गरेको टर्कीमा विभिन्न मुलुकबाट ३० लाख भन्दा बढी यर्यटकले यात्रा गरिसकेको छ ।  

अक्टोबरदेखि टर्किस एयरलाइन्ससँगै अरु अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले पनि उडान संख्या बढाउनका लागि प्रस्ताव पेश गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । केही दिनमै सबै वायुसेवा कम्पनीको नयाँ उडान संख्यासहितको तालिका सार्वजनिक हुने प्राधिकरणले जनाएको छ । 

गत भदौ १७ देखि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान पुनः संचालनमा ल्याएको हो । टर्कीको इस्तानबुल, चीनको छन्दु र ग्वानजाउ, मलेसियाको क्वालालाम्पुर, कोरियाको सोल, युएईको सारजाहा, जापानको नारिता, दुबई, कतार र  हङकङबाट अहिले नियमित उडान खुला गरिएको छ । 

खुला गरिएका गन्तव्यबाट टर्किस एयरलाइन्स, चाइना साउदर्न, एयर चाइना, कतार एयरवेज, एयर अरेबिया, कोरियन एयर, क्याथे ड्रयागन, फ्लाई दुबई र मालिन्दो एयर लगायतले नियमित उडान गर्दै आएका छन् ।

नेपाल एयरलाइन्सले जापान, मलेसिया, युएई र हङकङका लागि नियमित उडान गर्दै आएको छ । यस्तै, हिमालय एयरलाइन्सले पनि चीन, मलेसिया र अबुधाबीका लागि नियमित उडान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।