logo

पर्यटकको अभावमा पनि होटलको वृद्धि

    2433   पटक पढिएको

 

९ असार / अर्थ र व्यापार - सन् २०२० सम्ममा देशभरका ठूला होटलमा ४ हजार रुम थपिँदैछन् । केही नयाँ होटलहरु हालै मात्र सञ्चालनमा आएका छन् । मलबरी र फेयरफिल्ड म्यारियटले हालैमात्रै आफना् सेवा सुरु गरे । तर, सञ्चालनमा रहेका होटलको अकुपेन्सी राम्रो छैन । अहिले सञ्चालनमा रहेका होटलहरु नै नाफा कमाउन सक्ने स्थितिमा छैनन् । यस्तो अकुपेन्सीले होटलले नाफा कमाउन सक्दैन् रट सञ्चालनमा मात्रै हुन्छन् । होटलको संख्या बढेअनुरुप सरकारले पर्यटक भित्राउन सकेको छैन ।

सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

यता भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन । यो सिजनको होटल अकुपेन्सी मुख्य गरी भारतीय पर्यटकमै निर्भर रहन्छ । आफ्नो देशको चर्को गर्मी छल्न भारतीयहरु यतिबेला बढी संख्यामा नेपाल आउने गर्छन् । यही प्रवृत्तिलाई प्रोत्साहित गर्न पर्यटन बोर्डले ‘चलो नेपाल’ अभियान सञ्चालन गरेको थियो । तर, अभियानले भारतीयहरुलाई खासै छुन सकेको देखिँदैन ।

अहिले देशका ठूला घहोटलको अकुपेन्सी ४० देखि ४५ प्रतिशत मात्रै छ । जबकि भूकम्पअघिको वर्ष २०१४ मा अकुपेन्सी ६० प्रतिशत थियो । गत वर्ष नेपालमा साढे सात लाख विदेशी पर्यटक आएका थिए । यसका आधारमा तीन वर्षपछि २० लाखको लक्ष्य हासिल गर्न झण्डै तीन गुणा पर्यटक बढाउनुपर्ने छ, जुन अहिलेकै भौतिक पूर्वाधारबाट सम्भव देखिँदैन ।

भूकम्प अघिका वर्षहरुमा नेपालमा आउने कुल पर्यटकमध्ये ३० प्रतिशत भारतीय पर्यटक रहने गरेका थिए । तर अहिले यो लगभग २० प्रतिशतको हाराहारीमा झरेको छ । भारतीय पर्यटक उल्लेख्य मात्रामा नभित्रिदा मुख्य रुपमा होटल व्यवसायीहरुलाई मर्का परेको छ । अकुपेन्सी कमजोर भएका कारण होटल क्षेत्रले नाफा गर्न सक्ने स्थिति छैन । उनीहरुलाई सञ्चालन खर्चमै सीमित छन् ।

हुन पनि एकै वर्षमा १ हजारदेखि १५ सयसम्म होटलका कोठाहरु बढ्ने गरेका छन् । होटलको संख्या बढे पनि भौतिक पूर्वाधारको अवस्थामा भने खासै सुधार आउन सकेको छैन । खासगरी विमानस्थलको सुधार नगरेसम्म होटलमात्रै बढेर पर्यटक आगमनमा सुधार नआउने छ । अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुको निर्माण र स्तरोन्नतिमा ढिलाइले पर्यटन उद्योगमा वाधा पुगिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।