logo

पर्यटन क्षेत्रको जायज मागहरु सम्बोधन हुन्छ: मन्त्री ढकाल

    1861   पटक पढिएको

२ माघ/अर्थ र व्यापार– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रको जायज मागहरु सम्बोधनका लागि पहल गरिने बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रका समस्या समाधानका लागि व्यवसायीहरुले राखेका जायज मागहरु सम्बोधन गर्न पहल गर्ने बताएको हो ।

आफु निर्वाचनको मिति तोकेपछिको मन्त्री भएको भन्दै ढकालले ठूला–ठूला आश्वासन दिन नदिने बताए । तर पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि प्रयास गर्ने बताए ।

कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझावसहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउनतिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए ।

रत्नमन्दिर खुला हुन भइरहेको ढिलासुस्तीका विषयमा पनि धेरै कुरा उठेको भन्दै मन्त्री ढकालले मन्दिर खुलाउनको लागि आफुले कोसिस गर्ने बताए ।

कार्यक्रममा होटल एशोसिएशनका केन्द्रीय अध्यक्ष भरत पराजुलीले सरकारले अन्तरराष्ट्रिय विमानस्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।