logo

माग पुरा नभए आन्दोलनमा जाने पर्यटन व्यवसायीको चेतवानी, संवादको बाटो नछाड्न पर्यटन मन्त्रीको आग्रह 

    1751   पटक पढिएको

२७ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारीले संकटग्रस्त पर्यटन क्षेत्रलाई सरकारले बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

राजधानीमा आइतबार साँझ निजी क्षेत्रसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा पर्यटन क्षेत्रसम्बद्ध हान, टान, नाट्टा, नारा, रेबान लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले धरासयी बनेको पर्यटन व्यवसायलाई सरकारले वेवास्ता गरेको बताएको हो ।

कोभिडका कारण धरासयी बनेको व्यवसायलाई घोषणा गरे पनि सरकारले राहत नदिएको, मापदण्डका नाउँमा राति अबेरसम्म होटल–रेष्टुरेण्ट सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले माग पुरा नभए आन्दोलमा जाने बताएका हुन् ।

व्यवसायीहरुको जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आन्दोलन गर्दैमा लाभ नहुने भन्दै राज्यले धान्ने र आफ्नो क्षमताले भ्याएसम्म माग पुरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढकालले छलफलबाट समाधान हुने विषय छ भने छलफलबाटै समाधान हुने बताए । उनले पर्यटन क्षेत्रलाई निकास दिन मिल्ने कुनै विषय भए त्यसका लागि तयार रहेको भन्दै  पर्यटन नीति अध्यादेशबाटै ल्याउनुपर्ने भए पनि तयार रहेको बताए ।

छलफलमा व्यवसायीले पीसीआर रिपोर्ट र भ्याक्सिन लगाएका आधारमा विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । उनिहरुले सात दिन क्वारेन्टिन समयावधि घटाउन पनि सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।