logo

नाट्टाको सुझाव बुझ्दै मन्त्री अधिकारीद्वारा तत्काल सम्भव हुने काम केही दिनमै सुरु गर्ने प्रतिवद्वता

    2081   पटक पढिएको

९ चैत्र / अर्थ र व्यापार- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन क्षेत्रमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने काम सम्बन्धि सुझाव दिएको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डे नेतृत्वको टोलिले मन्त्री अधिकारी, राज्यमन्त्री धनबहादुर बुढा, सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको उपस्थितमा मन्त्री अधिकारीलाई सुझाव हस्तान्तरण गरेको हो । 

नाट्टाले पर्यटन क्षेत्रलाई तत्कालै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिन माग गरेको छ । त्यस्तै अध्यक्ष पाण्डेले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गरिराख्नु पर्ने अवस्था रहेको जानकारी दिँदै तत्कालै यस्तो अबस्थाको अन्त्य गर्न आग्रह गरे । उनले काठमाण्डौं बाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा पर्यटन क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको हुँदा काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरि टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्न माग गरे ।

सुझाव ग्रहण गर्दै मन्त्री अधिकारीले आँफूले सबै सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै तत्काल गर्न सम्भव हुने काम केही दिनमै गर्न सुरु गर्ने बताए । उनले मन्त्रालयले सय दिन र एक वर्षको कार्यक्रम तयार गर्न लागेको वताउँदै ती कार्यक्रममा नाट्टाको मागसहितको सुझावलाई महत्वका साथ समेट्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री अधिकारीले निजी क्षेत्रको सक्रियता बिना आर्थिक समृद्धि सम्भव नभएकाले व्यावसायमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । कार्यक्रमा नाट्टाका पूर्व अध्यक्षहरु र कार्यसमितिका सदस्यहरुले पयर्टन क्षेत्र बुझेको नेतृत्व पर्यटन मन्त्रालयले पाएको भन्दै अधिकारीको कार्यकालमा पर्यटन क्षेत्रले व्यापक फड्को मार्ने अपेक्षा गरेको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।