logo

नाट्टाको सुझाव बुझ्दै मन्त्री अधिकारीद्वारा तत्काल सम्भव हुने काम केही दिनमै सुरु गर्ने प्रतिवद्वता

    2331   पटक पढिएको

९ चैत्र / अर्थ र व्यापार- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन क्षेत्रमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने काम सम्बन्धि सुझाव दिएको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डे नेतृत्वको टोलिले मन्त्री अधिकारी, राज्यमन्त्री धनबहादुर बुढा, सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको उपस्थितमा मन्त्री अधिकारीलाई सुझाव हस्तान्तरण गरेको हो । 

नाट्टाले पर्यटन क्षेत्रलाई तत्कालै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिन माग गरेको छ । त्यस्तै अध्यक्ष पाण्डेले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गरिराख्नु पर्ने अवस्था रहेको जानकारी दिँदै तत्कालै यस्तो अबस्थाको अन्त्य गर्न आग्रह गरे । उनले काठमाण्डौं बाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा पर्यटन क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको हुँदा काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरि टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्न माग गरे ।

सुझाव ग्रहण गर्दै मन्त्री अधिकारीले आँफूले सबै सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै तत्काल गर्न सम्भव हुने काम केही दिनमै गर्न सुरु गर्ने बताए । उनले मन्त्रालयले सय दिन र एक वर्षको कार्यक्रम तयार गर्न लागेको वताउँदै ती कार्यक्रममा नाट्टाको मागसहितको सुझावलाई महत्वका साथ समेट्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री अधिकारीले निजी क्षेत्रको सक्रियता बिना आर्थिक समृद्धि सम्भव नभएकाले व्यावसायमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । कार्यक्रमा नाट्टाका पूर्व अध्यक्षहरु र कार्यसमितिका सदस्यहरुले पयर्टन क्षेत्र बुझेको नेतृत्व पर्यटन मन्त्रालयले पाएको भन्दै अधिकारीको कार्यकालमा पर्यटन क्षेत्रले व्यापक फड्को मार्ने अपेक्षा गरेको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।