logo

‘नाइट लाइफ’ संचालन गर्न ठमेल विकास परिषद्को माग

    2311   पटक पढिएको

५ असोज/अर्थ र व्यापार– ठमेल विकास परिषद्ले रात्रीकालीन व्यवसाय संञ्चालन गर्नको लागि सरकारसंग माग गरेको छ ।   

दिउँसोको समयमा भन्दा रात्रीकालीन समयमा व्यापार बढी हुने भएकोले राती बजार खोल्नका लागि सरकारसँग माग गरिरहेको परिषद्का महासचिव धुव्र अधिकारीले बताए । 

करिब ६ महिनादेखिको लकडाउनका कारण बन्द भएको ठमेलमा गत बिहीबारदेखि पूर्ण रुपमा व्यवसाय संचालन गर्ने व्यवस्था भएपछि चहलपहल देखिन थालेको छ । तर रात्रीकालीन व्यवसाय संचालन गर्न नपाउदा व्यवसाय सोचेजस्तो हुन सकेको छैन ।

दिनमा अन्य व्यवसाय संचालन भएपनि राम्रो व्यापार हुन नसकेपछि रात्रीकालीन क्लबहरु पनि खुला गर्न परिषदले पहल गरिरहेको छ ।

कोभिडको सुरक्षा मापदण्ड पूरा गरेर रातीको समयमा हुने व्यापार व्यवसाय पनि संचालन गर्न दिनुपर्ने भन्दै ठमेलका व्यवसायीहरुले सरकारसंग माग गरेका छन् । 

ठमेलका क्लबहरुमा १ सय देखि १ सय ५० जनासम्म ग्राहक राखी पूर्ण सुरक्षित वातावरणमा व्यवसाय संचालन गर्न सकिने परिषदका महासचिव अधिकारीले बताए ।

कोरोना महामारीकै बीच बिदेशमा पनि रात्रीकालीन क्लब तथा बारहरु संचालनमा आएको भन्दै महासचिव अधिकारीले व्यवसायीहरुलाई सुरक्षाको ग्यारेन्टी गरेर चलाउन दिनुपर्ने माग गरेका छन् ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।