logo

तनहुँको मानहुँकोटमा आन्तरिक पर्यटकको घुईंचो

    2379   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– तनहुँ जिल्ला व्यास नगरपालिका–५ को मानहुँकोटमा आजभोलि आन्तरिक पर्यटकको घुईँचो लाग्ने गरेको छ । 

कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको मनमोहक दृष्य अवलोकनका लागि अहिले दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक मानहुँकोट डाँडा पुग्ने गरेको हो । 

तनहुँको चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ ।

व्यास नगरपालिका–५ मानहुँकोटका वडाध्यक्ष मोहनकुमार श्रेष्ठले दैनिक एक हजारभन्दा बढी पर्यटक आउने मानहुँकोटमा शनिबार अहिलेसम्मकै सर्वाधिक १० हजारभन्दा बढी पर्यटक पुगेको बताए ।

वडाध्यक्ष श्रेष्ठले घुम्न आउँदा पर्यटकले मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न अनुरोध गरेका छन् । 

मानहुँकोटमा तनहुँ सँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक बढी आउने गरेका छन् । 

समुदायस्तरमा कोरोनाको संक्रमणको जोखिम बढिरहेको बेला हजारौँ पर्यटकको भिडले संक्रमणको जोखिम बढेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।