logo

टान र भ्रमण वर्ष २०२० सचिवालयबीच ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर

    1392   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच औपचारिक रुपमा सम्झौता भएको छ । बुधबार टान सचिवालयमा आयोजित एक समारोहबीच टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदी र भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

टानका सदस्य टेकिङ कम्पनीहरुले गर्ने हरेक गतिविधिहरुमा २० प्रतिशत छुटको व्यवस्था गर्ने, नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गरेर प्रवद्र्धन गर्ने, देश तथा विदेशमा पर्यटन प्रवद्र्धनार्थ विभिन्न कार्यक्रमहरु आयोजना गर्ने, पर्यटन प्रवद्र्धनमूलक तामिलहरु सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रमा फोहोरमैला व्यवस्थापन गर्दै स्वच्छवातावरणका लागि विभिन्न कार्यक्रम गर्ने, भ्रमण वर्ष उद्घाटन समारोहलाई सफल पार्नका लागि नेपाली संस्कृति झल्कने कार्यक्रम टान ल्होसार कार्यक्रम गर्नेलगायतका कार्यक्रमहरु दुईपक्षीय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

टान अध्यक्ष सुवेदीले भ्रमण वर्ष २०२० ले लिएको हरेक योजनाहरुलाई सफल पार्नका लागि टान सधैं आफ्नो ठाउँबाट भूमिका खेल्न तयार रहेको भन्दै यो सम्झौतापत्रमार्फत आपसी समन्वयमार्फत काम गर्ने वातावरण सिर्जना भएको बताउनुभयो । भ्रमण वर्षका राष्ट्रिय कार्यक्रम संयोजक वैद्यले भ्रमण वर्ष २०२० एउटा अभियानमात्रै नभएर निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै यो २०२० मै सक्ने अभियान नभएर नेपालमा लगानी बढाएर रोजगारी सिर्जना गर्दै समग्रमा आर्थिक विकास गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रम भएको बताउनुभयो ।

भ्रमण वर्षको सफलताका लागि टानको महत्वपूर्ण भूमिका रहनेमा जोड दिदै वैद्यले यसै अवसरमा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचानका साथै यहाँका हरेक पदयात्रा तथा पर्वतारोहणलाई व्यवस्थित रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । पर्यटकको संख्यात्मकमात्रै नभएर गुणात्मक बृद्धि अहिलेको आवश्यकता भएको भनाइ उहाँको थियो ।

भ्रमण वर्ष २०२०का सदस्य सचिव बच्चुनारायण श्रेष्ठले पदयात्रा र पर्वताराहण क्षेत्रको विकासका लागि यो दुईपक्षीय सम्झौता कोशेढुंगा सावित हुने बताउनुभयो । सरकार, निजी क्षेत्र र भ्रमण वर्षसँग सम्बद्ध सबैको साझा उद्देश्य भनेको पर्यटकको संख्या बढाएर पर्यटन क्षेत्रको माध्यमबाट मुलुकको आर्थिक सम्बृद्धिमा योगदान पुर्याउनु नै भएको भनाइ उहाँको थियो । २० लाख पर्यटक भित्र्याउने पहिलो दायित्व र त्यसबाट प्राप्त फाइदा निजी क्षेत्रकै भएको बताउनुभयो ।

कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य नवराज दाहालले नेपालको पर्यटनको विभिन्न आधारहरुमध्ये पदयात्रा र पर्वतारोहण पर्यटन नै भएकोले टानलगायत सम्बन्धित संघसंस्थाहरुले यसलाई सफल पार्नका लागि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । भ्रमण वर्ष २०२० सरकारको मात्रै अथवा निजी क्षेत्रको मात्रै पनि नभएर राष्ट्रिय कार्यक्रम भएकोले सबैले सकारात्मक योगदान पुर्याउनुपर्ने भनाइ उहाँको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।