logo

टानको बरिष्ठ उपाध्यक्षमा सुजन लामिछानेले उम्मेद्वारी दिने 

    6046   पटक पढिएको

७ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन क्लव अफ हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक सुजन लामिछानेले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । टान वर्तमान कार्यसमितिका सचिव समेत रहेका लामिछाने सेरेन हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन । यसका साथै उनी होटल व्यवसायमा समेत आवद्ध छन ।

पर्यटन व्यवसायीहरु विचमा आफ्नो बौद्धिक छवि निर्माण गरेका लामिछानेले नेपालको होमस्टे सम्बन्धमा विद्यावारिधी समेत गरिरहेका छन । टानको वर्तमान कार्यसमितिका रहेर पनि लामिछानेले विभिन्न सकारात्मक पहलहरु गर्दै आएका छन ।

“टानको वर्तमान कार्यसमितिमा रहँदा कतिपय विषयहरुको समस्या समाधानका लागी काम गर्न सकियो, वर्तमान कार्यसमितिले अगाडी वढाएका कामहरु पुरा गर्न र पदयात्रा पर्यटन क्षेत्रमा रहेका अन्य समस्याहरु समाधानका लागी केहि गर्न सकिन्छ भनेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–बरिष्ठ उपाध्यक्षका आकांक्षी लामिछानेले वताए । टानको वर्तमान कार्यसमितिमा रहँदा नेतृत्वले पहल गर्नुपर्ने तरिका र सरकारी निकायसंगको समन्वय गर्ने विषयमा आँफु जानकार रहेकोले पनि आगामी कार्यकालमा अझ सहज हुने उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।