logo

सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाली व्यवसायिको टोलि चीन प्रस्थान

    4829   पटक पढिएको

१९ भाद्र / अर्थ र व्यापार- आगामी सेप्टेम्बर ४ देखि ९ तारिखसम्म चीनको लसानमा आयोजना हुने सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा नेपाली पर्यटन व्यवसायिहरुको टोलि चीन प्रस्थान गरेको छ । टोलिमा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं,महासचिव रमेश थापा,सचिव सविता के.सी,सहकोषाध्यक्ष सुरेन्द्र भट्टराई सहित १३ जना नेपाली व्यवसायि सहभागि रहेको नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अर्थ र व्यापारलाई वताए ।

मंगलवार नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट व्यवसायिहरुलाई विदाई गरेका थिए । सो कार्यक्रममा सहभागि हुन नेपालवाट संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी ६ तारिख चीन प्रस्थान गर्दैछन । एक्स्पोमा नेपालवाट पर्यटन मन्त्रीले प्रमुख अतिथिका रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको नाट्टा चीन प्रवद्र्धन कमिटिका संयोजक सुदर्शन नेपालले वताए । सम्मेलनमा ५० वटा देशको सहभागिता रहेको नेपालले वताए ।

सम्मेलनमा सहभागि हुन नेपालवाट यसअघि नै ५० जना हस्तकला व्यवसायिहरु चीन गईसकेका छन । एक्स्पोको अवसरमा चीनको लसान र नेपालको लुम्बिनीलाई सिस्टर सिटि घोषणा गर्ने कार्यक्रम रहेको नाट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।