logo

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको अध्यक्षमा हरि धरेल चयन

    2284   पटक पढिएको

२३ जेठ / अर्थ र व्यापार - नेपाल क्लाइम्बिङ्ग स्पोर्ट एसोसिएसनको पाँचौं वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा संघीय संसद सदस्य जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, नेपालका लागि ग्रिसका महावाणिज्य दूत विक्रम पाँडे, नेपालका लागि बेल्जियमका वाणिज्य दूत आङ्गछिरिङ्ग शेर्पा तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले सम्बोधन गरेका थिए । 

हिजो विश्व वातावरण दिवसका अवसरमा संघले दिगो पर्यटनका लागि प्राकृतिक तथा साहसिक खेल विषयक अन्तरक्रियासमेत गरेको थियो । पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईले खेलकुद पर्यटन सम्बन्धि विषयवस्तुबारे प्रस्तुति गरे भने अन्य अतिथिले नेपाल साहसिक तथा पर्यटकीय खेलकुदको प्रचुर सम्भावना भएको मुलुक भएकाले पर्यटन प्रवर्धन गर्न स्पोर्ट क्लाइम्बिङ्गले महत्वपूर्ण योगदान पुर्याउने धारणा राखे । 

कार्यक्रममा एसोसिएसनका अध्यक्ष हरि धरेलले प्रस्तुत गरेको वार्षिेक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेम नारायण अधिकारिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो । त्यसैगरी आगामी चार वर्षे कार्ययोजना पारित गर्दै नयाँ पदाधिकारी निर्विरोध चयन भएका छन् । संघको अध्यक्षमा हरि धरेल, उपाध्यक्षमा सुनार गुरुङ, सम्पन्न याकथुम्बा र प्रेम नारायण अधिकारी चयन भएका छन् भने महासचिवमा मेघराज पौड्याल र सचिवमा ठाकुर न्यौपाने तथा कोषाध्यक्षमा दोरिन्द्र राज दाहाल चुनिएका छन् । सदस्यहरुमा दिपेश केसी, लाक्पा शेर्पा, सन्तोष मादेन, केशव सापकोटा, चारु श्रेष्ठ, अन्जु रावत, सुजित कँडेल, हरेराम खड्का र तुल्सिङ्ग गुरुङ चुनिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।