logo

टानको अध्यक्षमा नवराज दाहाल विजयी

    1943   पटक पढिएको

१३ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आईतवार सम्पन्न निर्वाचनवाट अध्यक्षमा नवराज दाहाल विजयी भएका छन । दाहालले अध्यक्षका अर्का प्रत्याशी मोहन लम्साललाई १८ मतको अन्तरले पछाडी पारे । कुल खसेको ७२७ मत मध्ये दाहालले ३३१ मत प्राप्त गर्दा लम्सालले ३१३ मत र अध्यक्षका स्वतन्त्र उम्मेद्वार नुरु जाङबु शेर्पाले ५० मत प्राप्त गरे ।

टानको प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना कार्यसमिति सदस्यमा पनि दाहाल समूहबाट विजयी भएका छन् । त्यस्तै  लम्साल समुहबाट बरिष्ठ उपाध्यक्ष , द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य पदमा विजयी भए ।

टानको वरिष्ठ उपाध्यक्ष पदमा खुम बहादुर सुवेदी,प्रथम उपाध्यक्षमा जीवन थापा मगर,द्धितिय उपाध्यक्षमा निलहरी बास्तोला महासचिवमा आङ पेम्बा शेर्पा,सचिवमा सुजन लामिछाने,कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना,सह–कोषाध्यक्षमा तारा राना विजय भए ।
त्यस्तै सदस्यहरुमा रविन्द्र अधिकारी,राजन प्रसाद काप्री,गोपाल श्रेष्ठ,जीवन लामा,बाबुराम गुरुङ,सुक बहादुर लामा, शेर बहादुर परियार,जंग बहादुर लामा र महिला सदस्यमा ऋतु ग्याम्दान विजयी भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।