logo

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाद्वारा मैत्रीपूर्ण फुटसल आयोजना

    3127   पटक पढिएको

३ आश्विन / अर्थ र व्यापार- विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टा मैत्रीपूर्ण फुटसलको आयोजना गरेको छ । शुक्रवार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, नाट्टाका अध्यक्ष सि.एन.पाण्डे, पूर्व अध्यक्ष अर्जुन शर्मा र मिस टुरिजम–२०१९ आरजु पोखरेलले संयुक्त रुपमा मैत्रीपूर्ण फुटसलको उद्घाटन गरे । 

विश्व पर्यटन दिवसको अवसरमा नाट्टाले विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा विश्व पर्यटन दिवस मनाउने नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले वताए । फुटसलको उद्घाटन गर्दै एन्फाका अध्यक्ष शेर्पाले आगामी वर्षदेखि एन्फाले नाट्टा फुटसललाई एन्फाको क्यालेन्डरमै राखेर अझ बृहत र भव्य रुपमा आयोजन ागर्ने प्रतिवद्धता व्यक्त गरे । 

नाट्टा मैत्रीपूर्ण फुट्सलमा एयरलाईन्स,ट्राभल एण्ड टुर्स,जिडिएस सहित दश वटा पुरुष र तीनवटा महिला समुह सहभागी भएको नाट्टा मैत्रीपूर्ण फुटसलका संयोजक समेत रहेका नाट्टाका कार्यसमिति सदस्य सुदर्शन नेपालले वताए । फुटसलले नाट्टा र यससंग जोडिएका विभिन्न पक्षहरु विचमा मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउने  अपेक्षा रहेको संयोजक नेपालले वताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।