logo

नाटोजमा शिव अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वा्चित

    1577   पटक पढिएको


२६ माघ /अर्थ र व्यापार- काठमाडौं । समग्र पर्यटन पत्रकारहरुको छाता संगठन राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को नयाँ कार्यसमिति निर्विरोध रुपमा निर्वा्चित भएको छ । संघको केन्द्रीय कार्यलय कमलादीमा विहिबार सम्पन्न उम्मेद्धार मनोनयन पत्र दर्ताको क्रममा सबै पदमा एक एक जनाको मात्रै उम्मेद्धारी परेको हो । 

गन्तव्य नेपाल गु्रपका शिव अधिकारीको अध्यक्षतामा निर्विरोध निर्वा्चित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, प्रदेश नम्बर २ बाट राष्ट्रिय समाचार समितिका विकास लोहनी, प्रदेश नम्बर ३ बाट राजधानी दैनिकका मधुजंग पाण्डे, प्रदेश नम्बर ४ बाट रेडियो जननीका विमला भण्डारी, प्रदेश नम्बर ५ बाट रेडियो नेपालका भुषण पोखरेल, प्रदेश नम्बर ६ बाट न्यूज २४ टेलिभिजनका संगम बानियाँ र प्रदेश नम्बर ७ बाट दि राईजिङ नेपाल दैनिकका नारायण उपाध्यय निर्विरोध निर्वा्चित हुनुभएको छ । यसअघि पाँच जना मात्रै उपाध्यक्ष रहेकोमा राज्यको पुनर्संरचनाअनुसार सात प्रदेश स्तरीय संगठनात्मक संरचना बनाउँदै सात जना उपाध्यक्ष बनाइएको हो । 

त्यस्तै महासचिवमा अर्थ र व्यापार साप्ताहिकका नविन काफ्ले, उपमहासचिवमा राससका सिवी अधिकारी, सचिवमा शिखरन्यूज डटकमका सुजन पन्त निर्वा्चित हुनुभएको छ भने कोषाध्यक्षमा मेगा टेलिभिजनका कल्पना महर्जन र सहकोषाध्यक्षमा ईआर्थिक डट कमका तिर्सना गिरी निर्वा्चित हुनुभएको छ । 

नयाँ कार्यसमितिको सदस्यहरुमा चक्रपथ डट कमका कविता अधिकारी, सगरमाथा टेलिभिजनका श्रीकृष्ण सुवेदी, न्यूजसेवा डटकमका विष्णु पोखरेल, अर्थको अर्थ डट कमका शंकर पण्डित, नेपाल समाचारपत्र दैनिकका दिपेन्द्र थापा, इमेज टेलिभिजनका भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र जनतापोष्ट डट कमका किरण बुढाथोकी रहनुभएको छ । यस अघि अध्यक्ष पदका लागि चार जनाले दाबेदारी प्रस्तुत गर्दै आएपनि लामो समयको सम्बादपछि नयाँ कार्यसमिति सर्वसम्मत भएको हो । 

उक्त नयाँ कार्यसमितिको औपचारिक घोषणा भने आउँदो माघ २९ गते नेपाल पर्यटन बोर्डमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यताबीच सम्पन्न हुन लागेको पाँचौ वार्षिक साधारण सभाबाट गरिने नाटोज सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।