logo

पर्यटनमन्त्री भट्टराईद्वारा सुकेटार विमानस्थलको निरिक्षण, स्तरोन्नतीको काम समयमै सक्न निर्देशन

    1979   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार- पर्यटन तथा नागरकि उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला स्थित सुकेटार विमानस्थलको अवलोकन गरेका छन् । 

सात दिने भ्रमणका लागि शुक्रबार बिहान गृह जिल्ला ताप्लेजुङ पुगेका मन्त्री भट्टराईले विमानस्थलको स्तरोन्नतीको काम समयमै सक्न निर्देशन दिएका हुन् । 

पर्यटनमन्त्रीसँगै आएका नागरकि उड्डयन प्राधकिरणका कार्यकारी निर्देशक राजन पोख्रेलले पनि विमानस्थलको निरिक्षण गरेका छन् ।  

निर्देशक राजन पोख्रेलले देशका हिमाली तथा पहाडी जिल्लाका ३३ वटा विमानस्थलको स्तरवृद्धी गर्ने काम भइरहेको बताए । विभीन्न प्रदेशका राजधानीबाट सबै जिल्लामा हवाई जहाज सञ्चलान गर्ने योजना रहेको बताए ।

सुकेटर विमास्थल प्राधीकरण शाखा कार्यालयका प्रमुख सूर्य खत्रीले विमानस्थलको स्तरोन्नतीको काम भईरहेको र अहिले ६५ प्रतशित काम सम्पन्न भएको जानकारी दिए ।

खत्रीले अहिले टर्मिनल भवन रङ्गरोगन गर्ने, विमानस्थलको मुख्य गेटदेखी सहायक गेटसम्मको बाटो ढलान गर्ने, नाली बनाउने काम सम्पन भएको बताए । 

अहिले विमानस्थलको पूर्वपटीको डाँडो काट्ने काम भइरहेको छ । साथै अहिले रहेको धावन मार्गलाई ७ सयबाट बढाएर ८ सय ५० मिटर बनाउने काम भईरहेको जानकारी दिए । 

विमानस्थल समयभन्दा एक वर्षअघी नै आउँदो चैतसम्ममा काम सक्ने गरी काम भईरहेको विमानस्थल प्रमुख खत्रीले बताए ।

यसअघि ६ महिनामात्र सञ्चालन हने सुकेटर विमानस्थलको स्तरोन्नती भएसंगै ताप्लेजुङका पर्यटकिय तथा धार्मिक स्थल पाथीभरा, कञ्चजङ्घा, फुङफुङे भरना लगायतका क्षेत्रमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरएिको छ ।  

२०२८ सालमा स्थानियको पहलमा निर्माण भएको सुकेटार विमानस्थल ४४ वर्षपछि आर्थिक वर्ष २०७०/०७१ मा कालोपत्रे भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।