logo

नाट्टाद्धारा पर्यटन क्षेत्रको विकासको लागि हवाई क्षेत्रको विस्तार गर्न माग

    2596   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार–  नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) र नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकहरु बिच आज भेटवार्ता भएको छ ।  

नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न माग गरेको छ ।  

साथै नाट्टाले विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न पनि माग गरेको छ ।
नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ ।

नाट्टाले निगमद्वारा प्रदान गरिने आन्तरिक हवाई सेवाको भाडादर महङ्गो भएको, प्रमुख पर्यटकीय स्थलमा जानसमेत नमान्ने गरेको उल्लेख गर्दै सहज सेवा प्रदान गर्न र स्तरीय भाडादर कायम गर्न आग्रह गरेको छ ।

यस्तै, वायुसेवा निगमबाट सञ्चालित उडान ढिला हुने गरेकाले तत्काल यसको सम्बोधन हुनुपर्नेमा पनि नाट्टाले जोड दिएको छ ।
नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईले छिमेकी मुलुक चीनका विभिन्न शहरमा उडान भर्दा जहाज महङ्गो भएको भन्दै चीनसँग सिधा उडान भर्न सके नेपालमा चिनियाँ पर्यटक धेरै भित्राउन सकिने बताए । 

कंसाकारले नयाँ जहाज किन्नका लागि अर्थ मन्त्रालयबाट रु ६ अर्ब विनियोजन हुने प्रक्रियामा रहेको बताए ।  उनले रकम विनियोजन भएपछि नयाँ जहाज आउने र त्यसले पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताए । प्रबन्ध निर्देशक कंसाकारले तत्काल कोरिया, जापानलगायत मुलुकमा पनि निगमले सेवा विस्तार गर्ने बताए ।

भेटका क्रममा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नाट्टाले राखेको माग यथाशक्य चाँडो सम्बोधन हुने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।