logo

पहिलोपटक काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु हुँदै

    2464   पटक पढिएको

१२ माघ/अर्थ र व्यापार– आगामी फागुनदेखि पहिलोपटक काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु हुने भएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटक यातायात ब्यवसायी संघले पर्यटन बोर्डसँग मिलेर काठमाडौं–भेडेटार–इलामसम्म पर्यटक बस सेवा सुरु गर्न लागेको हो ।

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्ने उद्देश्यका साथ पर्यटक बस सेवा सञ्चालन गर्न लागेको बताएको छ ।

बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटकीय बससेवा मार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामहरि शर्माले यात्रु स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै फागुनको पहिलो साताबाट काठमाडौं देखि इलाम, धरान, पशुपतिनगर, भेडेटार लगायत गन्तब्यमा सेवा सुरु गर्न लागेको बताए ।

शर्माले भाडादर भने केही दिनभित्र मै सार्वजनिक गर्ने योजना रहेको बताए । उनले छिट्टै दार्जिलिङ तर्फको सेवा पनि सुरु गर्ने योजना बनाएको जानकारी दिए ।

काठमाडौं–भेडेटार–इलामसम्मको यस पर्यटक बस सेवामा २७ सिट क्षमताको पर्यटक बस प्रयोग गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।