logo

तीन वटा विमानस्थलको काम सम्पन्न गर्नु प्रमुख प्राथमिकता : पर्यटनमन्त्री देव

    1894   पटक पढिएको

साउन १५/  अर्थ र व्यापार- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जितेन्द्र नारायण देवले पर्यटन मन्त्रालय अन्र्तगतका सम्पूर्ण निकायहरुलाई आगामी दुई महिना सम्मको कार्ययोजना तीन दिन भित्रमा आँफुलाई दिन निर्देशन दिएको वताएका छन् । त्यस्तै मन्त्री देवले आँफुले तीनवटा विमानस्थलहरु सम्पन्न गर्नुलाई प्रमुख प्राथमिकतामा राख्ने वताए । गौतमबुद्ध विमानस्थल,निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्नलाई विशेष ध्यान दिने वताए ।

राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) संगको भेटमा मन्त्री देवले नेपाल पर्यटन वोर्डमा स्रोत र साधन प्रशस्तै भए पनि त्यो अनुसारको काम हुन नसकेको वताए । नागरिक उड्ड्यन प्राधिकरण र नेपाल पर्यटन वोर्डमा स्रोत साधन प्रशस्तै भएपनि कर्मचारीहरु विचको दलियकरणका कारण उपलब्धिमुलक काम हुन नसकेको उनले वताए ।

भेटमा मन्त्री देवले आँफु दुई महिना कार्ययोजना अनुसार काम भए नभएको वारेमा हेर्ने र त्यसपछि कर्मचारीहरुमा दण्ड र सजाँयको व्यवस्था गर्ने वताए । भेटमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा रहेका समस्याहरु वारे जानकारी गराउँदै तिनको समाधानमा मन्त्रीले ध्यान दिनुपर्ने सुझाव दिएका थिए । एक अर्को प्रसंगमा मन्त्री देवले आँफु नाटोजसंग सहकार्य गरेर काम गर्ने वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।