logo

अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्धारा पर्यटन बोर्डका निवर्तमान सीईओ जोशी सम्मानित

    2158   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– वर्ल्ड टुरिजम नेटवर्कले नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा  टुरिज्म रिकभरी टास्कफोर्स–नेपालका संयोजक दीपक राज जोशीलाई अन्तराष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मान गरेको छ ।

दक्षिण एशियाबाट अन्तराष्ट्रिय टुरिजम हीरो अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्यसमेत पाउने पहिलो नेपाली बनेका छन् ।

जोशीलाई पर्यटन क्षेत्रको दिगो बिकास र प्रवर्द्धनका लागि निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण सिथिल बनेको पर्यटन क्षेत्रको पु¥याएको योगदानको लागी सो अवार्ड प्रदान गरिएको हो ।  

विश्वभरीबाट पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै क्रियासिल व्यक्तित्वलाई अवार्ड प्रदान गरिन्छ । 

अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन  टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बावेका भूपू पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन ।  

जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यबाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।