logo

नौ महिनादेखि हायात रिजेन्सी नोक्सानीमा 

नौ महिनामा १२ करोड ६५ लाख घाटा

    1478   पटक पढिएको

३१ जेठ / अर्थ र व्यापार- तारागाउँ रिजेन्सी होटल्स अर्थात हायात रिजेन्सी कोभिडका कारण लगातार नौ महिनादेखि नोक्सानीमा छ । कम्पनीले सोमबार चालु वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै घाटा १२ करोड ६५ लाख रुपैयाँ पुगेको जनाएको छ । कम्पनी अघिल्लो वर्षको चैत मसान्तसम्म २५ करोड ७८ लाख रुपैयाँ नाफामा थियो । 

गत वर्षको लकडाउन र यहि वर्षको वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको कारण पर्यटन क्षेत्र अत्याधिक प्रभावित भएपश्चात होटलको घाटा चुलिँदै गएको हो ।

यसअघि पुससम्म होटल ८ करोड ७५ लाख रुपैयाँ घाटामा थियो भने असोजसम्म ७ करोड ८९ लाख रुपैयाँ घाटामा थियो । गत वर्षको असार मसान्तमा भने होटलले १६ करोड ५६ लाख रुपैयाँ नाफा देखाएको थियो । अवस्था सामान्य भएलगत्तै होटलको व्यापारलाई रणनीतिक रूपमा अगाडि बढाउने वित्तीय विवरणमा उल्लेख छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।