logo

पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न गणेश हिमाल आरोहण दिवस मनाइयो

    2045   पटक पढिएको

११ माघ/ अर्थ र व्यापार - गणेश हिमाल पर्यटन विकास समिति (जिएचटिडीसी) ले गणेश हिमाल आरोहण दिवस मनाएको छ ।  पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार ठमेलको पक्नाजोलस्थित गोकर्ण हाउस रेष्टुरेण्टमा गणेश हिमाल आरोहण दिवस मनाएको हो । ७ हजार ४ सय २२ मिटर अग्लो गणेश हिमाल आरोहण सन् १९५५ जनवरी २४ मा स्वीजरल्याण्डका चार जना आरोहीहरु क्रमश रेमंड लम्बर्ट, पियरे भिट्टाज, एरिक गौचर र क्लाउड कोगनले पहिलो पटक ६४ वर्ष अगाडी सफलता पूर्वक आरोहण गरेका थिए ।

समितिका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सरकारका वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । गणेश हिमाल आरोहण दिवसलाई सम्वोधन गर्दै गणेश हिमाल आरोहण दिवस मनाउनु ठुलो कुरा भएको बताए । साथै उनले त्यस भेगको पर्यटन प्रवद्र्धनको लागि कहाँ के गर्न सकिन्छ आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यसैगरि कार्यक्रममा प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी र प्रदेश सभासद जगत सिंखडाले यस क्षेत्रको प्रवर्द्धन र विकासमा सरकार र पर्यटन व्यवसायी मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्म आङ्देम्बे, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङ, हिमाल आरोहणका जानकार आङ छिरिङ शेर्पा लगायत पर्यटन व्यवसायीहरुले गणेश हिमाल र यसका आसपासका हिमाल आरोहणका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष एवम नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले गणेश हिमाल आरोहण र यस क्षेत्रको विकासका सम्भावनाहरु धार्मिक, कला सांस्कृतिक, त्यस भेगमा रहेको विभिन्न खनिज र पर्यटकीय क्षेत्रका बारेमा विशेष जानकारी गराएका थिए ।

गणेश हिमाल १ देखि ६ सम्मका सबै हिमालहरुको सफल आरोहण भैसकेको भएपनि यसले व्यावसायिकता पाउन नसक्नु दुःखको कुरा भन्दै यसको प्रचार प्रसार र व्यावसायिक विकासका लागि आरोहण दिवस मनाईएको समितिका अध्यक्ष तेजबहादुर गुरुङले बताए । उनले आफू धादिङ जिल्लाको सिंगो पर्यटन क्षेत्रको बारेमा विकास गर्न सधैं अग्रसर भएर लाग्ने बताए ।
गणेश हिमाल क्षेत्रमा प्याल्दोर, लप्सङकर्पाे, पाविल सहितमा हिम चुचुराहरु रहेका छन् । देशको राजधानी काठमाडौंबाट नजिकको दुरीमा गणेश हिमाल क्षेत्र रहेकोले यसको प्रवद्र्धन र विकास गर्न सके राज्यले राम्रो आम्दानी गर्न सक्ने र छोटो दुरी र थारै दिनको प्याकेज बनाउन सकिने भएकाले गणेश हिमाल आरोहण गर्न पर्यटक तथा हिमाल आरोहीहरु आकर्षित हुनसक्ने पनि पर्यटन व्यवसायीहरुको धारणा रहेको छ ।

कार्यक्रममा गणेश हिमाल सफल आरोहण गर्ने आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको थियो । सफल आरोहीहरु सबै दिवंगत भैसकेका र परिवारका सदस्यहरु पनि आउन नसकेका कारण सम्मान कार्यक्रम भने पछि गरिने समितिका महासचिव राजेन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।