logo

महासंघको केन्द्रिय सदस्यमा पर्यटन व्यवसायी थपलियाको उमेद्धवारी

    2524   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग बाणिज्य महासंघको यही मंसिर ११ देखी १३ गते सम्म हुने निर्वाचनमा चन्द्र ढकाल समुहबाट पर्यटन व्यवसायी रामशरण थपलियाले पुनः दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका छन् ।

ठमेल पर्यटन बिकास परिषद्को अध्यक्ष भएर काम गरिसकेका महासंघको निवर्तमान केन्द्रिय सदस्य थपलियाको देशको पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान रहदै आएको छ ।

निर्वाचन नजिकिदै गर्दा भावि नेतृत्वका आकांक्षीहरु बिशेषतः जिल्ला नगर, बस्तुगत र एसोसिएट गरी तीनै समुहका आकांक्षीहरु चुनाबी मैदानमा छन ।

महासंघमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति अर्को बर्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था अनुसार भावी अध्यक्षका लागी बरिष्ठ उपाध्यक्षमा बस्तुगत समुहका चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदैछ । 

यसैबीच पर्यटन क्षेत्रबाट एकमात्र उमेद्धवारका रुपमा महासंघका निवर्तमान केन्द्रिय सदस्य रामशरण थपलियाले चन्द्र ढकाल समुहबाट दोस्रो कार्यकालका लागि पुनः केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका हुन् । 

एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उमेद्धवारी दिएका थपलियाले अघिल्लो कार्यकालमा पर्यटन क्षेत्र सुधारका लागी पूर्व मेची देखी महाकाली सम्मका नयाँ पर्यटकीय गन्तव्यहरुको उजागर गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै कोभिड १९ का कारण सुस्त बनेको पर्यटन उद्योगको बिकास र बिस्तार गर्नको लागी आफुले उमेद्धवारी दिएको बताए । 

थपलियाले व्यावसायीहरुलाई ऐक्यबद्ध गरेर लैजानको लागि पनि सही नेतृत्व चाहिने बताए । उनले व्यावसायिक हकहितका लागि, आपसी बैमनुष्यतालाई हटाएर अगाडि बढ्ने बातावरण तयार गर्नको लागी आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । 

थपलियाले पर्यटन क्षेत्रको बिकास, व्यावसायिक हकहित र व्यावसायको जर्गेनाको निम्ती हिजोका दिनमा खेलेको भुमिका कारण आफु विजयी हुनेमा बिस्वस्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।