logo

‘फेक रेस्क्यु’मा संलग्न कम्पनीहरु कारवाहीको प्रक्रियामाः मन्त्री अधिकारी

    2452   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार– प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन मन्त्रालयबाट गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको मन्त्री रविन्द्र अधिकारीले जानकारी गराएका छन् । 

पर्यटकहरुको फेक रेस्क्यु गरेर आर्थिक हिनामिना गरेको भन्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले छानविन गरेको थियो ।

मन्त्री अधिकारीले प्रतिनिधि सभाको  बैठकमा आठवटा ट्राभल ट्रेकिङ् उद्धार कम्पनी, चारवटा अस्पतालहरु, तीनवटा हेलिकप्टर कम्पनीहलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानाकारी गराएका हुन् ।  

राजस्व चुहावट अन्तरगत पनि कारवाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए । विदेशी मुद्राको कारोबार गर्न अनुमपति नलिएको देखिएको पाँच कम्पनी नाम नेपाल राष्ट्र बैंकलाई पठाइएको पनि उनले बताए ।

बैठकमा मन्त्री अधिकारीले अस्पतालहरुले मापदण्ड अनुसार उपचार शुल्क लिएको/नलिएको र चिकित्सकीय मर्यादा भित्र रही उपचार भएको÷नभएको विषयमा कारवाहीका लागि स्वास्थ्य जनसंख्या मन्त्रालयमा लेखि पठाइएको बताए ।

उद्धारमा संलग्नहरुको बारेमा नक्कली कागजात तयार पारी बीमा दावी गर्ने सम्बन्धमा छानविन गरी कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको बताए ।

छानविन समिति गठनपछि यस्ता क्रियाकलाप कमी भएको र आगामी दिनमा यस्तो कार्यलाई निरुत्साहित गर्न भदौ १५ भित्र निर्देशिका तयार पारिने मन्त्री अधिकारीले प्रतिनिधि सभामा जानकारी गराए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।