logo

वातावरणमन्त्री बस्नेत भन्छन–विद्यमान नियमकै कार्यान्वयन भएपनि सगरमाथा सफाई हुन्छ 

    1819   पटक पढिएको

श्रावण ८ / अर्थ र व्यापार- वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले सगरमाथाको सफाईको लागि नेपाल सरकारको विद्यमान ऐन, कानुन र नियमहरु मात्रैको पालना भए पनि सगरमाथामा देखिएको फोहोरको समस्या समाधान हुने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को सफा सगरमाथा अभियान कार्यक्रममा बोल्दै उनले सरकारको नियममा प्रत्येक आरोहीले सगरमाथाबाट फर्कदा आठ केजी फोहर फिर्ता ल्याउनुपर्ने नियमको पालना भए÷नभएको अनुगमन मात्र गर्न सकेपनि धेरै सगरमाथा क्षेत्रमा रहेको फोहरको समस्या समाधान हुने बताए । 

मन्त्री बस्नेतले विश्वमा तापमानको वृद्धिका कारण नेपालका हिमालमा परेको वातावरणीय असरहरुबारे नेपालले अन्तर्राष्ट्रिय फोरममा प्रष्ट कुरा राख्न सक्नुपर्ने बताए । सरकारले ‘सुखी नेपाली, समृद्धि नेपाल’ को योजना अगाडि ल्याएको बताउँदै त्यसलाई साकार पार्न सरकारको पहलकदमी मात्र पर्याप्त नहुने भएकोले नागरिकहरु पनि जिम्मेवार बन्नुपर्ने उनले बताए । त्यस्तै पूर्वमन्त्री तथा सांसद टेकबहादुर बस्नेतले पर्वतीय पर्यटन विकास र विस्तारको लागि आफ्नो पार्टी गुरुयोजनासहित अघि बढिरहेको बताए । उनले छिट्टै नै पर्यटन व्यवसायीहरुसँग सहकार्य गरी सगरमाथा सरसफाई अभियानलाई सार्थकता दिने बताए ।

कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण स्तरको जनताको आम्दानी बढाउन ग्रामिण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए । सापकोटाले सगरमाथा क्षेत्रमा देखिएको फोहोरको सफाईको लागि सरकार, नीजि क्षेत्र र स्वंयम आरोहीहरु पनि लाग्नुपर्ने बताए । 

त्यस्तै नेपाल र्पतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले आफूहरुले विगत १० वर्ष अघिदेखि सगरमाथा सफाई अभियान चलाइरहेको बताए । त्यसैगरी नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानुरु शेर्पाले विश्वभर प्रचार भएजस्तो सगरमाथा क्षेत्र त्यस्तो फोहोर भइनसकेको बताए । उनले विश्वभर सगरमाथा क्षेत्रमा फोहोर भएको भन्ने सन्देश जान नहुने बताए ।

त्यसैगरी नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले देशैभरी रहेका पर्यटकीय गन्तव्यहरुमा बढ्दै गएको अवैधानिक तथा विकृतिलाई आफूहरुले नजिकबाट नियालिरहेको बताउँदै त्यसको लागि राज्यको ढोका ढकढक्याइरहने बताए । कार्यक्रममा नाटोजकी केन्द्रीय कोषाध्यक्ष कल्पना महर्जनले सगरमाथा सरसफाई अभियानको सचित्र वर्णनसहित प्रस्तुतीकरण गरेकी थिइन् । 
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया,नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा लगायत पर्यटन व्यवसायिहरुको उपस्थति रहेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।