logo

भिटोफ नेपालको रोपाई महोत्सव २०७५ सम्पन्न

    2154   पटक पढिएको

आषाढ १७/ अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा रोपाई महोत्सव २०७५ मनाएको छ । 
भिटोफ नेपालले असार १५ मा ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लेले गाउँमा महोत्सव सम्पन्न गरेको हो । 
स्थानीय नेवारी पञ्चे बाजागाजासहित सञ्चालन गरिएको महोत्सवमा दहि चिउरा खानुका साथै सहभागिहरुबीच हिलो छ्यापेर असार १५ धान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो । 

रोपाई महोत्सवमा विभिन्न पर्यटकीय संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटन पत्रकार गरी ७० जना र स्थानीयसहित साढे २ सय जनाको सहभागिता रहेको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाकाले बताए ।

रोपाई महोत्सव उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले नेपाल कृषि प्रधान देश भएकाले रोपाई तथा असार १५ पर्यटन प्रडक्टको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । ग्रामिण पर्यटन प्रवद्र्धनमा भिटोफ नेपालले अघि बढाएको रोपाई महोत्सव तथा नयाँ गाउँ पर्यटन गन्तव्यको पहिचान गर्ने काम अत्यन्तै सह्रानीय रहेको बताए । 

भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले कृषि पर्यटन तथा चाँडपर्वलाई पर्यटन प्रवद्र्धन गर्ने माध्यामको रुपमा उपयोग गर्न सके सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्रयाउने लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवर, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य रामरण थपलिया, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का उपाध्यक्ष जीवन थापामगर, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का बरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई,, नेपाल क्यानोनिङ एसोसिएशनका अध्यक्ष राजेन्द्र लामा नाटोजलगायत पर्यटन संबद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।