logo

कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा, जनवरी १ तारिखमा पुग्ने पर्यटकको भब्य स्वागत हुने

    1683   पटक पढिएको

१५ पुस / अर्थ र व्यापार -  कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले बिहान ११ बजे वीरेन्द्रचोक नजिकको पिपलचौताराबाट विभिन्न समुदायका झाँकीसहितको ¥याली मुख्य बजारक्षेत्र परिक्रमा गर्दै मङ्गलगढीचोक हुँदै बुलबुले उद्यानमा सभामा परिणत हुने जानकारी दिए।

उनका अनुसार १० वटै जिल्लाको सांस्कृतिक पहिचान झल्किने प्रस्तुतिका साथै राउटे समुदायको नृत्य पनि देखाइनेछ । मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कर्णाली भ्रमण वर्ष २०२० को शुभारम्भ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम छ ।

बुलबुले उद्यानमा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरुका पोष्टर, तस्वीर प्रदर्शनीका साथै प्रदेशको संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा भ्रमण वर्षलाई लक्षित गरी मन्त्रालयले बनाएको लोगो र नारालाई सार्वजनिक गरिनेछ । त्यस्तै, भर्खरै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा कर्णाली प्रदेशका पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्नेछ ।

सुर्खेत–काठमाडौँ हवाईसेवा सञ्चालन गर्ने बुद्ध एयरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । वर्षौँदेखि अवरुद्ध सुर्खेत–काठमाडौँ उडान प्रदेश सरकारको आग्रहमा बुद्ध एयरले शुरु गरेको थियो ।

प्रदेश सरकारले जनवरी १ का दिन कर्णाली आउने पर्यटकलाई स्वागत गर्ने भएको छ । सचिव आचार्यले सुर्खेत भित्रिने पर्यटकलाई सम्मान गरेर ‘कर्णाली पर्यटकको स्वागत सत्कार गर्न आतुर छ’ भन्ने सन्देश दिन खोजिएको बताए।

“पर्यटक भित्र्याउन सरकारका साथै निजी क्षेत्रको तत्परता र सहयोग उत्तिकै रहन्छ”, उनले भने, “पर्यटन क्षेत्रकै विकास होस् भनेर प्रदेश सरकारले पर्यटन बोर्ड गठन गरेको छ, र व्यवस्थित विकासका लागि गुरुयोजना पनि बनाएको छ, गुरुयोजना पनि छिट्टै सार्वजनिक गरिँदैछ ।”

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले भ्रमण वर्षलाई सबैले साझा अभियानका रूपमा लिनुपर्ने बताए। प्रदेशका १० वटै जिल्ला समन्वय समिति, स्थानीय तहले भव्यताका साथ मनाउने तयारी गरिरहेको उनले जानकारी दिए ।

पर्यटकको सङ्ख्या बढ्दा त्यसको लाभ निजी क्षेत्रले नै लिने भन्दै उनले आतिथ्य सत्कार, छुट तथा सहुलियतका प्याकेज ल्याउन निजी क्षेत्रलाई आग्रह गरे ।

“सरकारले आवश्यक पर्यटनमैत्री नीति, कानून बनाउनुका साथै पूर्वाधारको विकास गर्ने हो, बाँकी पर्यटन प्रवद्र्धनको काम निजी क्षेत्रले गर्नुपर्छ”, उनले भने ।

प्रदेश सरकारले पर्यटकीयस्थलसम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नति, पदमार्गको खोजी, घरबास व्यवस्थापन, प्रवद्र्धनलगायतका योजनालाई प्राथमिकता दिएको उनले बताए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।