logo

बजेटले पर्यटन क्षेत्रलाई सम्बोधन गरेन : पर्यटन व्यवसायिहरु

    2314   पटक पढिएको

१६ जेठ/अर्थ र व्यापार - अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक वर्ष २०७४÷७५ का लागी सार्वजनिक गरेको वजेटले पर्यटन क्षेत्रलाई सम्बोधन नगरेको प्रतिक्रिया पर्यटन व्यवसायिहरुले दिएका छन ।

अर्थ र व्यापार संग कुरा गर्दै नेपाल पर्यटन वोर्डका सदस्य तथा पर्यटन व्यवसायि राजेन्द्र सापकोटाले नेपालमा कृषि,उर्जा र पर्यटन क्षेत्र लाई प्राथमिकताको क्षेत्र भनेर भन्ने गरिए पनि हिजो अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटले पर्यटन क्षेत्रलाई छुँदै नछोएको वताए । “विमानस्थलको सुधार गर्ने भन्ने विषय बाहेक वजेटले पर्यटन क्षेत्रका कुनै पनि विषयवस्तु सम्बोधन गरेन,वरु अघिलो वर्ष भएका कार्यक्रमहरु पनि काटियो”सापकोटाले भने । बजेट हेर्दा यो मुलुकमा पर्यटन क्षेत्र पनि छ भन्ने जस्तो नलाग्ने उनको प्रतिक्रिया थियो ।

नेपाल योग एशोशयिसनका अध्यक्ष तथा टानका पूर्व महासचिव मोहन लम्सालले आर्थिक वर्ष २०७४÷७५ को वजेट पर्यटन क्षेत्रको लागी ईतिहासकै कालो वजेट रहेको वताए । वजेटले पर्यटन क्षेत्रको विद्यमान कुनै पनि समस्याहरु सम्बोधन नगरेको उनको भनाई छ । त्यसैगरी नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का महासचिव भिम प्रसाद पन्तले वजेटले पर्यटन क्षेत्रलाई प्रत्यक्ष नछोएको वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।