logo

आजदेखि नगरकोटमा ६२ करोडको मिस्टिक माउन्टेन होटल सञ्चालनमा

    3702   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – ६२ करोड रुपैयाँको लागतमा १० वटा स्विट रुम र ६१ वटा डिलक्स गरी ७१ वटा कोठा रहेको मिस्टिक माउन्टेन होटल शुक्रबार (आज) देखि सञ्चालनमा आएको छ । नगरकोटमा रहेको ५ तारे होटेलमा पर्यटन व्यवसायी बालकृष्ण ध्वँजुको निजी र एकल लगानी रहेको छ । यसले २७ रोपनी क्षेत्रफल ओगटेको छ ।

पर्यटन तथा होटेल व्यवसायी ध्वँजुले विगतको आफ्नो अनुभवलाई सोही क्षेत्रमै लगानी गरी नगरकोटमा पर्यटन विकासका लागि नयाँ र अति सुविधा सम्पन्न होटेल बनाएको हो । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको हो ।

काठमाडौंबाट ३२ किलोमिटर टाढा डाँडामा अवस्थित सो होटेलको हरेक कोठाबाट विभिन्न हिमाल देख्न सकिन्छ । ‘अल्ट्रा लग्जरी’ होटेलको रूपमा स्थापित सो होटेलमा अधिकांश पूर्वाधार भारत, चीनका साथै इटालीसम्मका सामग्री प्रयोग गरिएको छ ।

टेनिस कोर्ट, हेल्थ क्लब, दई वटा स्विमिङ पुल, दुई वटा बार, एउटा कफी बारसहितको सो होटेल अशक्तमैत्री रहेको छ । दुई जना सुत्ने गरी ट्विन सेयरिङमा डिलक्स स्तरको प्रतिरुमको एकरातको मूल्य ब्रेकफास्ट, स्न्याक्स, वाइन र डिनरसहित कर समावेश गरी १५ हजार रुपैयाँ राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।