८ भदौ/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह बिजयी भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनबाट शेर्पाको समूहले अध्यक्षसहित अधिकांश पदमा जित हासिल गरेको हो।
निर्वाचनको अन्तिम परिणाम अनुसार नवनिर्वाचित अध्यक्ष शेर्पाले ३ सय ४२ मत ल्याएर प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई हराएका हुन् । अध्यक्षका प्रत्यासी गुरुङले २ सय ८८ मत प्राप्त गरेका थिए ।
सो निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेपा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा र सचिवमा चन्दन थापा निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले समान ३ सय ४ मत ल्याएपछि गोलाप्रथाद्वारा उनीहरूबीच आधा–आधा कार्यकाल काम गर्ने सहमति भएको संघ निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, संघको सदस्यहरूमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया