logo

पर्यटन बोर्ड र टिकटकबीच सम्झौता

    179   पटक पढिएको



४ भदौ/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाल प्रवर्धन गर्ने सम्बन्धमा सहकार्य सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता अनुसार बोर्ड र टिकटकले स्वदेशी र विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरसँग सहकार्य गर्नेछन् । जस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइने छ ।
उनीहरूले छोटा र आकर्षक भिडियो बनाएर त्यसमार्फत संसारभरि रहेका दर्शकसामु नेपालका सुन्दर, प्राकृतिक एवं सांस्कृतिक सम्पदा प्रस्तुत गर्ने भएका छन् । अभियान अवधिभरि क्रिएटरहरूले टिकटकबाट यस्ता भिडियो सार्वजनिक गर्ने छन् ।
बोर्डले नेपाल आउने क्रिएटरहरूको काठमाडौं र काठमाडौं बाहिर रहँदाको यात्रा र आतिथ्य सेवा प्रदान गर्ने भएको छ । यस्ता अभियानमा आमन्त्रण गर्ने कामसमेत बोर्डले गर्ने छ । जसमा सार्वजनिक व्यक्ति, कलाकार र सांस्कृतिक दूतसमेत समावेश हुने छन् ।
स्थानीय स्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले तीन वटा क्षमता विकासका काम समेत गर्ने छ । जसमा स्वदेशी कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यबारे व्यावहारिक सिप प्रदान गरिने छ ।
यसमा नेपालका साना र मद्यम उद्यमीले पनि आफ्नो सेवा टिकटक मार्फत दर्शकसामु प्रस्तुत गर्न सक्ने छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने बताए ।
टिकटकका दक्षिण एसिया पब्लिक पोलिसी तथा गभर्र्नेन्स रिलेसन प्रमुख फर्दोस मोत्ताकिनले नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभव मिल्ने भन्दै बोर्डसँगको सहकार्यका लागि उत्साहित रहेको बताए । यो सहकार्य सन् २०२५ भरि चल्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।