२९ साउन/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी ७ भदौमा काठमाडौमा हुँदै छ । संघको सो निर्वाचनकालागि अध्यक्षमा फुर गेल्जे शेर्पाको समुह र कुलबहादुर गुरूङको समुहबीच प्रतिस्पर्धा हुने भएको छ । अहिलेसम्म यि दुबै अध्यक्षका प्रत्यासीहरुले आ– आफ्नो समुहबाट भिन्दा भिन्दै उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी नयाँ नेतृत्व चयन गर्नकालागि संघको निर्वाचन ७ भदौंमा काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको छ ।
संघको निर्वाचनमा शेर्पाका समुहबाट संघको बरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्धितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा लगायत रहेका छन् ।
यसैगरी, अध्यक्षका प्रत्यासी उम्मेदवार गुरूङ नेतृत्वको समावेशी समुहबाट बरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङमा म्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिमल कुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा , कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी, गुरूङ समुहबाट सदस्यहरूमा पुष्कर शाह, बल बहादुर सुयाल, हरि गोपाल प्रधान, माधव प्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लाल बहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गीता राई, अशोक तामाङले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेश र नेकपा एमालेको संयुक्त तालमेल समावेशी समुहबाट संघको चुनाबी मैदानमा उत्रिएका अध्यक्षका प्रत्यासी उम्मेदवार गुरूङले ‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त संघ र दिगो पर्वतीय पर्यटन’ नाराका साथ आफ्नो समुहको उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो समुहको उम्मेदवारी घोषणाबारे जानकारी गराउन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गुरूङले यसपालीको निर्वाचनबाट संघको नेतृत्व सहजै यो समुहले पाउने दावी गरे ।
करिब चार दशकदेखि नेपालको पर्यटन व्यवसायमा सक्रिय गुरुङले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा उकास्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् । ‘नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीको हकहितको संरक्षण र संस्थागत सुधारका लागि मेरो उम्मेदवारी हो , म अनुभव, कार्यदक्षता र साझा नेतृत्वमार्फत संघलाई अझ प्रभावशाली बनाउनेछु’, गुरूङले भने ।
उनले देश तथा विदेशमा नेपालका हिमाली सम्भावनालाई चिनाउने अभियान, पर्वतारोहणको सुरक्षित व्यवस्थापन तथा सम्बन्धित समुदायको सशक्तीकरणमा महत्ववपूर्ण योगदान पु¥याउने आफ्नो लक्ष्य रहेको बताए ।
अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि यस समुहको उम्मेदवारी’ भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका छुन्।
संघ अध्यक्षमा आफ्नो समुहको उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफुले संघका सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाए । शेर्पाले हरेक सदस्यले संघको सदस्य भएको गर्व महसुस गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।
यस्तै, आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाउँदै उनले हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन नसकिरहेकाले हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नुपर्ने र सिक्नुपर्ने बाध्यतालाई अत्य गर्नकालागि यस संघको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने बताए ।
तपाईको प्रतिक्रिया