logo

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडान भर्न स्थानीय जनप्रतिनिधी र व्यवसायीको माग

    859   पटक पढिएको


२६ साउन/अर्थ र व्यापार – बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन् । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
उनले दिल्लीमा सिधा हवाई उडानले नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्ने बताए ।
‘नेपालगंज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको छ । त्यसैले अब नेपालगंज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । दिल्लीमा सिधा हवाई उडानको व्यवस्था हुँदा नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्छ । पश्चिम नेपालवासीले सुविधा पाउनेछन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडान संचालनका लागि आफू सकारात्मक रहेको भन्दै यस विषयमा भारत सरकारसँग छलफल गर्ने आश्वासन दिए ।


प्रधानमन्त्री ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि एवं उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक सेवा सञ्चालनका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।