logo

‘आईटीई हङकङ–२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रर्वधन

    804   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।
१२–१५ जुन २०२५ मा हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन बूथ भी१०१, हल १इमा रणनीतिक रूपमा अवस्थित छ, जसले हङकङ र क्षेत्रीय पर्यटन बजारमा बजारिकरण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बोर्डले जनाएको छ ।
पर्यटन अपरेटर र एजेण्टहरुसँगको विशेष भेलामा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले गन्तव्य प्रस्तुति दिए । जसमा विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न आह्वान गरे ।
नेपाली प्याभिलियनले प्राचीन जीवन्त सम्पदा, भव्य हिमाली शिखरहरू, दुर्लभ वन्यजन्तु, जीवन्त सांस्कृतिक अनुभवहरू, र साहसिक गतिविधिहरुलाई आकर्षक रुपमा प्रस्तुत गरेकोछ ।
नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका छन् । उनले नेपाल पर्यटन बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न प्रोत्साहन दिए ।
नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज प्रा.लि.,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रा.ि,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक प्रालि, सतुरी एड्भेन्चर्स प्रालि, जुगल हलिडेज प्रालि र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रालि सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।