logo

नेपाललाई बौद्ध, अध्यात्म र शान्तिपर्यटन विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ : पर्यटनमन्त्री

    678   पटक पढिएको


९ जेठ/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंको सोल्टी होटलमा सुरु भएको ‘तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने । उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ का रूपमा विकास गर्ने बताए ।
‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ । लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोट लगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ,’ मन्त्री पाण्डेले भने ।
बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको दाबी गर्दै मन्त्री पाण्डेले युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरे ।
यसैगरी, तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको जानकारी गराउँदै मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्रामा रहेकाले विश्व शान्तिको चाँहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।
पर्यटनमन्त्री पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको केन्द्र बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ बनाउने र बौद्ध पर्यटनलाई प्रर्वधन गर्ने योजना सार्वजनिक गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले नाट्टाका पूर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको तीनदिने मार्ट आइतबारसम्म चल्ने छ ।
ट्राभल व्यवसायीहरुको छाता संस्था नाट्टाद्धारा आयोजित सो मार्टमा विभिन्न होटल, ट्राभल, ट्रेकिङ कम्पनीहरु एवं पर्यटन सेवाका कम्पनीहरु र गाडीको स्टल रहेका छन । सो मार्ट अवधीभर विभिन्न सेसनमा छलफल हुने आयोजक संस्था नाट्टाले जनाएको छ । नाट्टाका अध्यक्ष कुमारमणी थपलियाले यो कार्यक्रम आयोजना गरिनुको उदेस्यबारे जानकारी गराएका थिए ।
सो मार्टमा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागीता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।