logo

भैरहवामा आरएनपी–एआर प्रणालीबाट विमान अवतरण सुरु, अब ८ सय मिटरको भिजिबिलिटीमै विमान अवतरण

    691   पटक पढिएको


१० माघ/अर्थ र व्यापार – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यो प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त पाइलट र विमानलाई अबदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था गरेको हो । अहिलेसम्म सो विमानस्थलमा आँखाले हेरेरै उडान तथा अवतरण गर्नुपथ्र्यो, यसोगर्दा करिब १८ सय मिटरको भिजिबिलिटी चाँहिन्थ्यो, यो प्रणाली अन्तर्गत उडान र अवतरण गर्न सानो विमानका लागि ८सय र ठुलाका लागि ९ सय मिटरकै भिजिबिलिटी भए पुग्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले यो प्रणाली कार्यान्वयनमा आएसँगै साना विमान उडान अवतरणमा धेरै सहजहुने जानकारी दिए ।
प्राधिकरणका अनुसार जसका लागि छुट्टै अनुमति भने लिनुपर्ने छ । आरएनपीएआर अनुसार उडान तथा अवतरणका लागि विमानमा सो प्रणालीका लागि पूर्वाधार निर्माण गर्नुपर्ने छ भने पाइलटले समेत यसका लागि तालिम पाएको हुनुपर्नेछ ।
बिहीबारदेखि विमान तथा पाइलटलाई यस्तो अनुमति दिन थालिएकोले यो प्रणाली पूर्ण कार्यान्वयनमा आउन भने केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।
विमानको उडान तथा अवतरण गर्दा पाइलटले खासगरी दुई वटा विधि प्रयोग गर्छ । पहिलो, आँखाले हेरेर तथा दोस्रो उपकरणको माध्यमबाट विमानमा प्राप्त हुने सूचनाको आधारमा । पहिलो प्रक्रियालाई भीएफआर भनिन्छ भने दोस्रोलाई आईएफआर ।
आईएफआर अन्तर्गत पनि दुईवटा अप्रोचको प्रयोग हुन्छ, कन्भेन्सनल अप्रोच र पे्रसिसन अप्रोच । प्रेसिसन अप्रोचले पाइलटलाई तेर्सो (पाश्र्व) र ठाडो (ग्लाइड स्लोप) दुवैको बारेमा मार्गदर्शन गर्छ । कन्भेन्सनल अप्रोचले भने पाश्र्व रुपमा मात्रै गाइडेन्स गर्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु गर्न लागिएको प्रणाली सेमी–प्रेसिसन अप्रोच (कन्भेन्सनल अप्रोच र प्रेसिसन अप्रोच बिचको) भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौँमा यो प्रणालीका लागि आवश्यक भिजिबिलिटी ११ सय मिटरको हो । आरएनपी–एआर प्रणालीबाट ५ सय ५० मिटरसम्मकै भिजिबिलिटीमा पनि अवतरणको काम गराउन सकिन्छ ।
अहिले कार्यान्वयनमा ल्याउन लागिएको सो प्रणालीलाई सामान्य बाहेक कुनै पनि खर्च नलागेको प्राधिकरणले जनाएको छ । स्याटेलाइटमा आधारित भएकोले यसमा ग्राउन्डमा कुनै पनि उपकरण जडान गर्नु नपर्ने भएका कारण प्राधिकरणको ठुलो खर्च नलागेको हो । भारतले आईएफआर सिस्टम जडान गर्ने अनुमति नदिएपछि प्राधिकरणले यो विकल्प कार्यान्वयनमा ल्याएको हो ।
नेपालसँग सीमावर्ती भारतीय सहर कुशीनगरमा अहिले विमानस्थल सञ्चालनमा रहेकोले भैरहवा विमानस्थल सञ्चालनमा सहयोग गर्दा यो विमानस्थलको ट्राफिक चाप घट्नसक्ने, गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्पको सुरक्षामा समेत असरपर्ने निष्कर्ष सहित भारतले भैरहवा विमानस्थल सञ्चालनमा लागि असहयोग गर्दै आएको छ ।
यसैगरी, चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेका कुनै पनि आयोजना सञ्चालनमा असहयोग गरेर भारतले नेपालमा चीनको प्रभाव कम गर्ने नीति लिँदै आएको चपेटामा अहिलेसम्म यो विमानस्थलपनि पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।