logo

८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक भित्रिए

    611   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३ सय ३४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यक्षगमन कार्यालयको तथ्यांकलाई आधार मानेर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको छ ।
बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७ सय १९ हजार जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले यसवर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १ सय ६७ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । बोर्डका अनुसार जुलाईमा सबैभन्दा कम ६४ हजार ५ सय ९९ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
अगष्ट महिनामा भएको आगमन सन् २०१९ को भन्दा कम हो । त्यस समय यो महिनामा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएका थिए । नेपालले मनसुनमा लामो समयदेखि पर्यटक भित्राउन सकेको छैन । खासगरी पूर्वाधार क्षेत्र राम्रो नहुँदा सडक र हवाई यातायात असुरक्षित बनेको छ । यसको नकारात्मक असर पर्यटन क्षेत्रमा समेत देखिएको छ । अगष्टको आगमन सन् २०२३ को तुलनामा भने ८ दशमलब २९ प्रतिशतले बढेको छ ।
२०२३ अगष्टमा ६७ हजार १ सय ५३ जना पर्यटक भित्रिएका थिए । कोरोना महामारीले असर गरेको वर्ष सन् २०२० देखि भने पर्यटक आगमन खस्किएको थियो ।
यो महिनामा भारतबाट मात्र २५ हजार ८ सय ३२ जना पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३ दशमलब १ प्रतिशत न्युन हो । अघिल्लो वर्ष २६ हजार ६ सय ६५ जना भारतीय पर्यटक नेपाल भित्रिएका थिए । नेपालले स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्ने गरेको छैन ।
यस वर्ष ठूला सडक र हवाई दुर्घटनाले नेपालको पर्यटकीय छवि बिग्रिएको छ । यसको प्रभाव पर्यटक आगमनमा समेत देखिएको छ । अगष्ट महिनामा श्रीलंकन पर्यटकको आगमन भने उल्लेख्य बढेको छ । यो महिनामा श्रीलंकाबाट ४ हजार ८सय ५१ जना पर्यटक भित्रिएका छन् ।
अघिल्लो वर्ष यस मुलुकबाट ३ हजार ८५८ जना पर्यटक आएको तथ्यांक छ । यो महिनामा कुल आगमनको दोस्रो स्थानमा चीन रहेको छ । चीनबाट ६ हजार ६ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको अगष्टमा ५ हजार २७ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।
तेस्रो स्थानमा अमेरिका रहेको छ । यस मुलुकबाट ५ हजार ६ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको यो महिनामा ४ हजार ६सय २९ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।