logo

निगमलाई निजीकरण गर्न प्रस्ताव,अहिलेको व्यवस्थापनबाट सुधार संभव नभएको सांसद्हरुको भनाई

    514   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार – सत्तारुढ दलबाट नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको छ । विमान चलाउन नसकेर आर्थिक अवस्था निक्कै बिग्रिएको भन्दै मुलुकको राष्ट्रिय ध्वजाबहाक निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव आएको हो।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकमा केही सांसदहरुले निजीकरण नै निगम सुधारको एकमात्र उपाय भएको बताएका छन ।
एमाले सांसद देवीप्रकाश भट्टचन र राप्रपाका पशुपतिशमशेर जबराले निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीको विमान ग्राउण्डेड भएको कहिल्यै सुन्नु नपर्ने तर, निगमको एउटै विमान पाँच महिनासम्म किन मर्मत सम्भार हुन सक्दैन भनेर प्रश्न गरे।
‘हिमालयन एरलाइन्समा समस्या आएको कहिले सुन्नु भएको छ? त्यसैले निगम पनि निजी क्षेत्रलाई पो दिने हो कि,’ सांसद भट्टचनले भने,‘निगमको समस्या तपाइँ हामी सबैलाई थाहा छ । अहिलेकै अवस्थामा निगममा सुधार सम्भव देखिंदैन। संधै मिटिङ बोलाउने र प्रश्न सोध्ने गरेर निचोडमा पुगिंदैन। उहाँहरुले के जवाफ दिनु हुन्छ भन्ने पनि हामीलाई थाहा छ। त्यसैले निगमलाई निजीकरण गर्नेबारेमा सोचौं।’
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकमा राप्रपाका सांसद पशुपतिशमशेर जबराले निगमलाई निजीकरण गर्न ढिलाइ गर्न नहुने बताए । ‘अन्तर्राष्ट्रिय उडानभर्ने तीन÷तीनवटा विमान ग्राउण्डेड छन् । एउटा जहाजले कतिवटा गन्तव्यमा उडान भर्ने?,’ उनले प्रश्न गरे, ‘अहिलेको व्यवस्थापनबाट निगममा सुधार नहुने पक्का छ । सरकारले विमान थप्नका लागि पैसा दिन पनि सक्दैन। विमान थपेर अहिलेको व्यवस्थापनले चलाउने ल्याकत नराख्ने कुरा प्रष्ट भइसकेको छ । त्यसैले चलाउने जिम्मा निजी क्षेत्रलाई दिऔं।’ जबराले निजीकरण गरे अहिलेको समस्याको हल हुने दाबी गरे।
‘निजीकरण गरे पुँजीको समस्या हुँदैन। व्यवस्थापन पनि चुस्त हुन्छ। व्यापारका लागि नयाँ नयाँ गन्तव्य खोज्छ,’ उनले भने, ‘हाम्रो भन्दा ठूलो मुलुक भारतले निजीकरण गर्न हुन्छ भने हाम्रोमा किन हुँदैन?’
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइडबडी र २ वटा न्यारोबडी विमान रहेकामा अहिले एउटा न्यारोबडीबाहेक सबै ग्राउण्डेड छन्। जसका कारण निगमले दैनिक १० करोड रुपैयाँभन्दा बढीको व्यापार गुमाइरहेको छ । एउटा वाइडबडी विमान एक महिनाभित्र सि चेक गर्ने भनेर २ महिनाअघि इटाली पठाइएकामा फर्किने मिति अझै टुंगो लागेको छैन । अर्को वाइडबडी विमान पनि सि चेकका लागि गएराति इटाली नै पठाइएको छ। त्यस्तै एउटा न्यारोबडी विमान बिग्रिएका कारण त्रिभुवन विमानस्थलमा ग्राउण्डेड छ।
पूर्व पर्यटनमन्त्री हितबहादुर तामाङले सि–चेकका लागि २ महिना भन्दा बढी समय लगाउनु स्वाभाविक नभएको बताए । ‘एक महिनामा सि चेक गर्ने भनेर पठाइएको विमान २ महिनामा पनि नबन्नु शंकास्पद छ,’ उनले भने, ‘निजी कम्पनीले बिग्रिनेवित्तिकै बनाइरहेका छन्। तर, निगमको हालत यस्तो छ । त्यसैले निगमको राम्रैसँग अप्रेसन गर्न आवश्यक छ।’
यसैगरी, एमाले सांसद सुनिता बराल र दामोदर पौडेल बैरागीले निगमका अध्यक्ष युवराज अधिकारीलाई विमान किन राम्रोसँग चलाउन नसकेको भनी प्रश्न गरेका थिए । सो प्रश्नमा अधिकारीले चित्तबुझ्दो जवाफ नदिएको सो समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।