logo

सौर्य एयरलाइन्स दुर्घटना : १५ जनाको शव भेटियो, पाइलटसहिट ४ जनाको उद्धार

दुई स्थानलाई बेसबनाएर उद्धार गर्दै सुरक्षाकर्मी

    790   पटक पढिएको



९ साउन/अर्थ र व्यापार – पोखराको लागि उडान भर्न लागेको सोर्य एयरलाइन्सको विमान बुधबार विहान करिब ११ बजे भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । सो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पेप्सीकोला र गोठाटारतिरको रनवे क्षेत्रमा चिप्लिएर दुर्घटना भएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली उद्धार तथा आगो निभाउन खटिरहेको छ ।
सो विमानमा चालक दलसहित १९ जना सवार थिए । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारमा दर्जन भन्दाबढी एम्बुलेन्सहरु घटनास्थल पुगेका छन्।
विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने दुर्घटना क्षेत्र वरपर हेर्न मानिसको भीड लागेको छ । सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जना यात्रुको मृत्यु भएको छ । चालक दलसहित १९ जना सवार रहेको सो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
मर्मतका लागि पोखरा उडेको सो विमानमा अधिकाँश सौर्य एयरकै प्राविविध कर्मचारी थिए । सो विमान दुर्घटनामा ४ जनाको जीवितै उद्धार गरिएको छ । सो विमानका क्याप्टेनको उद्धार गरेर केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, अन्य ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शवहरूलाई परीक्षणको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।