logo

नेपालमा पहिलोपटक साउथ एसियन ट्राभल अवार्ड्स हुँदै,४ साउनमा पहिलो कार्यक्रम

    920   पटक पढिएको



२५ असार/अर्थ र व्यापार – साउथ एसियन ट्राभल अवार्ड्सको आठौं संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमको सूची सार्वजनिक गर्दै सो कार्यक्रमबारे जानकारी दिइएको हो ।
नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान)को सहयोगमा आगामी ४ साउनमा काठमाडौंको लैनचौरस्थित दि मल्ल होटलमा अवार्ड कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि आगामी ४ असोजमा होटल अलफ्ट काठमाडौंमा अर्को चरणको कार्यक्रम हुनेछ । यस कार्यक्रमले आतिथ्य उत्कृष्टताको शिखर प्रदर्शन गर्दै दक्षिण एसियाली होस्टिंगमा उत्कृष्ट उपलब्धिलाई मान्यता दिने र पुरस्कृत गर्ने कार्यक्रम तय भएको छ ।
यस अर्वाडको अघिल्लो संस्करण माउन्ट ल्याभिनिया, अड्डु सिटी, मुम्बई, गाले सिटी, माले ‘एटोल, र बेंगलोमा आयोजित गरिएको थियो ।
नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो अवार्डलाई दक्षिण एसियामा आतिथ्यताको उत्कृष्ट प्रवर्धन र उत्सव मनाउनका लागि प्रमुख प्लेटफर्मका रूपमा लिइन्छ । यो कार्यक्रमले नेपालको होटल व्यवसाय तथा पर्यटन क्षेत्रको प्रवर्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको हानले जनाएको छ ।
साउथ एसियन ट्राभल अवार्ड्स (साटा)ले साउथ एसिया क्षेत्रभरि आतिथ्य क्षेत्रमा उत्कृष्टतालाई मनाई र सम्मान गर्दै आइरहेको छ । यसको थप समर्थन गर्न सन् २०२४ का लागि प्रतिष्ठित कार्यक्रमको सूची सार्वजनिक गरेको हो । यो साटाको आठौं संस्करण हो । जसले दक्षिण एसियाली आतिथ्यतामा उत्कृष्ट उपलब्धिलाई मान्यता दिँदै आएको छ ।
पर्यटन बोर्ड र हानको सहयोगमा, यो उत्सव विशेष कार्यक्रमको साथ सुरु हुने हानले जनाएको छ । एक प्रमुख नेटवर्किङ अवसरको रूपमा बनाइएको यस कार्यक्रमको उद्देश्य व्यापारमा प्रमुख खेलाडीबीच जडानहरू बढाउनु नै भएको पर्यटन बोर्डले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।