logo

पर्यटन क्षेत्रको अनावश्यक भ्याट र कर हटाईने छ : पर्यटनमन्त्री

अबको केही क्षणमा निर्वाचन सुरु हुने

    955   पटक पढिएको


जेठ २५/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले प्रतिवद्धता गरिसकेकाले पर्यटन व्यवसायीले माग गरे बमोजिम पर्यटन क्षेत्रमा लगाईएको आनावस्यक भ्याट र कर हटाईने बताए ।शुक्रबार नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभामा मन्त्री तामाङले यस्तो बताएका हुन ।
पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको भन्दै उनले अब छिटै संवोधन हुने बताए ।

उनले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पुर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाईएको बताए ।
उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउन सोचेको र काठमाण्डौँ उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पुर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाईएको बताए ।

‘हाम्रो हवाई तथा भु यातायात सहज छैन पर्यटकहरुका लागि , त्यसैले यो पुर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ । जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्राउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिशाबले पनि सोच्नु पर्छ ।’ मन्त्री तामाङले भने ।

उनले अन्य देशमा जसरी पर्यटकहरुको आगमन छ त्यसरी हाम्रो देशमा आगमन हुन सकेको छैन , यसको समिक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए ।
विगतमा विभिन्न कमी भएको र गर्न पर्ने जति यो क्षेत्रमा काम हुन नसकेको स्वीकार गर्दै उनले अब नीतिगत रुपमा सुधार गर्ने, पूर्वाधार सुधार गर्ने , नयाँ गन्तव्यको खोजी गर्दै आगामी वर्षहरुमा बाटो तयार गर्न सबै पक्ष लागि पर्नुपर्नेमा जोड दिए ।

नाट्टाका अध्यक्ष रमेश थापाले लामो समय देखि भ्याट फुकुवा गर्नका लागि पर्यटन व्यवसायीले माग गर्दै आएपनि आर्थिक वर्ष २०८१/८२ को बजेटले समेत आफुहरुको मागलाई सम्बोधन नगरेको भन्दै जतिसक्दो छिटो निजी क्षेत्रको माग संवोधन गरिदिन सरकारको ध्यानाकर्षण गराएका थिए । साधारण सभा उद्घाटन कार्यक्रममा नाट्टाले विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।
उद्घाटन सत्रपछि बन्दसेशन चलेको थियो । शुक्रबार दिउँसो २ बजेपछि आगामी नयाँ नेतृत्व चयन गर्नकालागि निर्वाचन सुरु हुँदै छ । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नाट्टाको अध्यक्ष, महासचिव र सदस्यमा मात्र निर्वाचन हुने छ । नाट्टाको सो निर्वाचनमा अध्यक्षमा कुमारमणी थपलिया र प्रमोद दाहालबीच प्रतिस्प्रर्धा हुने छ ।
यस निर्वाचनकालागि गत शुक्रबार नै उनीहरुले मनोनयन दर्ता गराएका थिए । जसमा अध्यक्षमा दुई जनाको, महासचिवमा दुईजना र सदस्यमा पनि दुईजना बढीको उम्मेदवारी परेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
नाट्टा निर्वाचन समितिका अनुसार अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया वर्तमान कार्यसमितिका महासचिव हुन भने दाहाल वरिष्ठ उपाध्यक्ष हुन । यसैगरी, महासचिवमा युविका भण्डारी र अमृत ढकालबीच चुनाव हुँदै छ । भण्डारीले अध्यक्षका प्रत्यासी उम्मेदवार थपलिया र ढकालले दाहाल समुहबाट उम्मेदवारी दर्ता गराएका हुन ।
अध्यक्षका उम्मेदवार थपलिया समुहबाट वरिष्ठ उपाध्यक्षमा जिस्वाँ तुलाधर श्रेष्ठ, उपाध्यक्षमा घनश्याम घिमिरे, सचिवमा विष्णु पाण्डे, कोषाध्यक्षमा सुरेश अमगाईं र सहकोषाध्यक्षमा ढकनाथ काफ्लेको मात्रै उम्मेदवारी परेको थियो । उनीहरु बिरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भइसकेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, नाट्टा कार्यसमिति सदस्यहरुमा थपलिया समुहबाट रामसोभित नायक, श्रद्धा जोशी, सुदर्शन पौडेल, कृष्ण ढकाल, विदुर प्रसाद खतिवडा, रमा प्याकुरेल, विजय बराल र कृष्णा ढकाल चुनावी मैदानमा छन ।
यसैगरी, सदस्यमा अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार दाहालको समुहबाट दिनेश मैनाली र सुदर्शन गजुरेल दुई जना पनि चुनावी मैदानमा छन् । नाट्टामा कुल १७ सदस्यिय कार्यसमिति रहने व्यवस्था छ । जसमा १५ जना निर्वाचित र २ जना मनोनित सहित कुल १७ जना हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार यो निर्वाचन प्रक्रिया जारी रहेको नाट्टा निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।