logo

बजेटप्रति नाट्टाको असन्तुष्टी, कानुनी उपचार खोज्ने चेतावनी

    874   पटक पढिएको


१७ जेठ/अर्थ र व्यापार – मंगलबार सार्वजनिक भएको नयाँ बजेटबाट पनि सरकारले हवाई भाडादरमा भ्याट नहटाएकोमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ‘नाट्टा’ले असन्तुष्टि जनाएको छ । लामो समय देखि भ्याट फुकुवा गर्नका लागि माग गरिए पनि आर्थिक वर्ष २०८१/८२ को बजेटले त्यसलाई सम्बोधन नगरेको भन्दै नाट्टाले यस्तो असन्तुष्टी जनाउँदै अब कानुनी उपचारमा जाने चेतावनी दिएको हो ।
नाट्टाले विज्ञिप्ति मार्फत यो बजेटप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हवाई भाडादरमा भ्याट लागू यथावत भएसँगै पर्यटन क्षेत्रसंघसँग आबद्ध विभिन्न कम्पनीसँगै मुलुकको पर्यटन क्षेत्रमै दीर्घकालीन र अल्पकालीन नकारात्मक असर पर्ने नाट्टाका अध्यक्ष रमेश थापाले बताए।

उनले टान, हान, नारा, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सहितका संघ संस्थाहरुले समेत आफूहरुको मागमा ऐक्यबद्धता जनाएको जानकारी गराउँदै यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै सचिव र सांसदहरुसँग पनि छलफल भएको तर, सकारात्मक जवाफ नआएको बताए ।

‘भ्याट एक निर्दिष्ट करमा मात्र सिमित कर होइन। यसका बहुआयामिक प्रभाव पर्छ भन्ने ध्रुव सत्यलाई सरोकारवाला निकायले ध्यान नदिँदा व्यवसायीहरु तथा हवाई यात्रुहरुलाई धेरै ठूलो आर्थिक भार परेको छ,’अध्यक्ष थापाले भने,’सरकारलाई सयौं पटक यस बारेमा विभिन्न तह, तरिकाबाट समग्र व्यवसायमा परिरहेको प्रभावबारे जानकारी गराँइदा आश्वासन मात्र प्राप्त भयो। सुतेको लाई जगाउन गाह्रो हुन्न तर सुतेको जस्तो गर्नेलाई जगाउन सकिन्न उखान सत्यतामा परिणत भएको देखिन्छ।’

देशमा सडकको अवस्था राम्रो नभएको र निर्माण सम्पन्न भएका भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसकेको अवस्थामा भ्याट कायमै राखेर सरकारले १६ लाख पर्यटकको लक्ष्य राख्नु अपत्यारिलो रहेको नाट्टाले जनाएको छ ।
हवाई भाडादर दिन २ गुणा रात ४ गुणाको हिसाबले बढी रहँदा पर्यटकहरुको नेपाल यात्रा आकर्षण कम हुने र वैकल्पिक गन्तव्य प्रति जाने प्रवृत्ति बढेको देखिन्छ भन्दै नाट्टाले नेपालमा हवाई यात्रु तथा व्यवसायीहरुमा आर्थिक रुपले वृद्धि भइरहेको तथा संलग्न व्यवसायी समेत विस्थापित हुने वातावरण सिर्जना भएको धारणा राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।