logo

ल्याण्डमार्क होटल एण्ड रिसोर्टले भैरहवामा सञ्चालनमा ल्यायो ल्याण्डमार्क होटल

    763   पटक पढिएको


२० फागुन/अर्थ र व्यापार – भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका–३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी शनिबार औपचारिक उद्घाटन गरि सञ्चालनमा ल्याएको हो ।
२०४८ सालमा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ । हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिएको प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले बताए ।
भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठासहित सेवा सुरु गरेको होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको उनले बताए ।
होटेलको मुख्य विशेषता अधिकांश कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ । निकट भविष्यमै एक बिघा क्षेत्रफलमा १० हजार स्क्वायर फुटमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको उनले बताए ।
भारतीय नागरिकलाई विवाह र भोज समारोह आयोजना गर्न आकर्षित गर्ने गरी हलको डिजाइन गरिने पाण्डेले बताए । ‘हलमा विवाह गर्दा भारतीय ग्राहकले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन हुनेछ,’ पाण्डेले भने ।
सो हल नेपालीलाई भारतीयभन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराई आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने योजना रहेको उनले बताए । भारत सरकारले हालै मात्र एकजना भारतीयले ५ हजार डलर साथमा लिएर घुम्न पाउने कानून पारित गरेकाले होटेललाई वेडिङ डेस्टिनेसन बनाउन सहज भएको पाण्डेले बताए ।
यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।
ल्याण्डमार्क होटल र रिसोर्टले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र भैरहवामा सञ्चालनमा ल्याएको यस होटलको उद्घाटन लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन । शनिबार उद्घाटन गरिएको यस होटलले डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरू गरेको छ । ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्ट सञ्चालनको एक दशक पुकेको अवसरमा यो होटलको औपचारिक उद्घाटन गरिएको हो ।
होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको छ । होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, रूफटप बार पनि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।