logo

प्रभावकारी बजारिकरणबाट लाभ दिन सकिन्छ: पर्यटन सचिव काफ्ले

    834   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.दिपक काफ्लेले प्रभावकारी बजारिकरणबाट प्रसस्त लाभ दिन सकिने बताएका छन ।
नेपाल पर्यटन बोर्डले बुधबार नवनियुक्त सचिव एवं बोर्ड अध्यक्षलाई गरेको स्वागत कार्यक्रममा पर्यटन सचिव काफ्लेले यस्तो बताएका हुन ।
उनले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारि रुपमा नेपालको बजारिकरण गर्न सके यसबाट प्रशस्त लाभ दिन सकिने बताए ।
उनले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधै सकारात्मक रहेको बताउँदै पर्यटन प्रर्वद्धनका लागि नयाँ सोचकासाथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

यसअघि कोशी प्रदेश सचिवका रुपमा रहेका काफ्ले केहीदिन अघिमात्र पर्यटन मन्त्रालयमा सरुवा भएर आएका थिए । उनको स्वागतमा बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले काफ्लेलाई स्वागत गरेका थिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको जानकारी दिँदै पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सुधार एवं सहजिकरणमा सरोकारवालासँग सहकार्य आवश्यक भएको बताए ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डको ऐन, नियम तथा पर्यटनका चुनौती र सम्भावनाका विषयमा थिए भने बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटनलाई चलायमान बनाउन बोर्डले गरिरहेका कार्यबारे जानकारी गराएका थिए ।
यसैगरी, बोर्ड जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले गरेका कामहरु र भावी योजनाबारे तथा कर्मचारीको प्रतिनिधित्व गर्दै बोर्डका अधिकृत सुदन सुवेदीले कर्मचारीका हकहित समस्या तथा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।